सुष्मालाई साथ दिने को?

१३ भाद्र २०६९, बुधबार १९:२८ मा प्रकाशित

राजन घिमिरे, काठमाडौं ।  चलचित्र ‘लुट’को सफलतापछि एकाएक ‘उधे्रको चोली’को उपनाम पाइन् सुष्मा कार्कीले। योभन्दा पहिले उनी सामान्य डान्सर मात्र थिइन्। केही म्युजिक भिडियोको अनि कन्ट्रयाक्टमा क्यासिनोतिर नाच्थिन्। तर अहिले उनको दिनचर्या, कमाइ, खुवाइ मात्र होइन लवाइ र उठबस पनि फेरिएको छ।
त्यसो त यो चर्चा, नाम र दामसँगै उनी क्रमशः उधि्रँदै पनि जान थालेकी छिन्। कहिले मदिराको सुरमा झगडा त कहिले पहिरन त कहिले निर्देशकसँगको ‘रिलेसन’लाई लिएर विवाद र चर्चामा आइरहने सुष्मा यतिबेला एकजना पुरुषसँगको हेलमललाई लिएर बजारमा छाएकी छिन्। सुष्मा कुनै कार्यक्रममा आउँदै छिन् भने ती पुरुष पनि टुप्लुक्क सुष्मालाई बाइकपछाडि राखेर आइपुग्छन्। कार्यक्रम अवधिभर सुष्मा बसुञ्जेल ती युवक पनि बस्छन् र कार्यक्रम सकिएपछि ती युवक फेरि सुष्मालाई बाइकमा राखेर लान्छन्। अचम्मलाग्दो कुरा के छ भने ती युवक को हुन्? कसैलाई थाहा छैन। कार्यक्रम अवधिघर ती युवक ‘माक्स’ लगाएरै बस्छन्, कोहीसँग पनि बोल्दैनन्। अहिलेसम्म सुष्माले बाहेक ती युवकको अनुहार अरू कसैले देखेको पनि छैन।
यसरी अहिलेकी ‘हटकेक’ सुष्मालाई बस्न, आउन र जान साथ दिने ती युवक को होलान्? कुतूहल लाग्नु अस्वाभाविक पनि होइन। धेरै कार्यक्रममा एकसाथ देखेपछि अन्ततः यो हप्ता तिजको एक कार्यक्रममा सञ्चारकर्मीहरू मुख खोल्न बाध्य भए अनि उनीहरूले सोधे– सुष्मा को हुन् उनी? सुष्मा पनि निडर स्वभावकी युवती न परिन्। उनले भनिन्, ‘मेरो साथी, अरू केही होइन। एउटा साङ्गीतिक ब्याण्डसँग आबद्ध सङ्गीतकर्मी हुन्।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कमेडी रियालिटी शो कमेडी च्याम्पियन २ को प्रसारण यो हप्ताका लागि स्थगित भएको छ । कमेडी शो आयोजकले

काठमाडौँ । हिजो आज अस्ट्रेलियामा पनि स्तरिय नेपाली म्युजिक भिडियो निर्माण हुन थालेका छन्। पछिलो समय अस्ट्रेलियाको विभिन्न ठाउमा छायांकन

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ