एमाओवादी ‘नायक’बाट ‘जोकर’ बनेको बादलको दाबी

१३ भाद्र २०६९, बुधबार १९:१८ मा प्रकाशित

काठमाडौं, १३ भदौ । कुनैबेला नायक कहलिएको एमाओवादी यतिबेला जनताको नजरमा जोकर सावित भएको माओवादीका महासचिव रामबहादुर थापा ‘वादल’ले बताएका छन् । नेकपा माओवादीमा प्रवेश गर्ने युवाहरुलाई स्वागत तथा पार्टी सदस्यता प्रदान गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेता बादलले पञ्च, कांग्रेस र एमालेले गर्न नसकेको राष्ट्रघाती काम बाबुराम भट्टराईको सरकारले फटाफट र सजिलैसंग गरिरहेको आरोप पनि लगाए । सरकारप्रति निकै आक्रोशित देखिएका नेता वादलले एमाओवादी नेतृत्वको सरकारमा जनताको घृणा रहेको उल्लेख गर्दै भने, ‘ भट्टराई सरकारले राष्ट्रघाती बिप्पा सम्झौता गर्‍यो, नदीनाला, विमानस्थल, संवेदनशील ठाउँ पनि बेचेको छ ।’
उनले थपे, ‘पहिले नायकको रुपमा हेरिएको एमाओवादीलाई अहिले जोकरका रुपमा लिने गरिएको छ ।’ यस सरकारले जनतालाई अपमान गर्ने दुष्कर्म गरेको बताउंदै उनले जनताले रक्षक ठानेको एमाओवादी पतन भएको दाबी गर्दै भने, ‘नयाँ माओवादीको जन्म पनि यसैको कारण भएको हो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको