बाघले मान्छे खायो

१३ भाद्र २०६९, बुधबार १८:४९ मा प्रकाशित

काठमाडौं, १३ भदौ । चितवन मेघौलीमा आज बाघले एक व्यक्तिको ज्यान लिएको छ । घर नजिकैको बनमा गएको समयमा अकस्मात प्रकट भएको अजङगको पाटे बाघले आक्रमण गर्दा मेघौली २ का ५० वर्षीय दिलबहादुर कुमालको मृत्यु भएको हो । बाघले कुमाललाई मारेर मात्र नछोडि उनको मासुसमेत खाएको स्थानीयले बताएका छन् ।
यस्तै, काठमाडौंको जोरपाटीबाट ट्याक्सी रिजर्भ गरी नुवाकोट जाँदै गरेका ४९ वर्षीय कमानसिंह तामाङको साथमा रहेको १ लाख रुपियाँ लुटपाट भएको छ। लुटपाटमा संलग्नलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। तामाङ सिन्धुपाल्चोक जिल्ला बाँसवारीका ईश्वर तिवारीले चलाएको बा १ ज ३५४६ नम्बरको भाडाको ट्याक्सी रिजर्भ गरी नुवाकोटतिर गएका थिए। गोलढुङगा ६ मुड्खु ओसो सेन्टर नजिक पुग्दा बालाजुस्थित अष्टनारायण हल नजिकबाट नुवाकोट जिल्ला लप्च्याङ ५ घर भएका २३ वर्षीय सुरेश तामाङले चलाएको बा १ ज १२३३ नम्बरको ट्याक्सीमा गएका अपरचित ३ जनाले उनको साथमा रहेको नगद लुटी भागेका थिए। उनीहरु जितपुरफेदी तिनपिप्लेमा ट्याक्सी छोडी फरार भएका थिए।
महानगरीय प्रहरी बृत्त बालाजु, महानगरीय प्रभाग मुड्खु र तिनपिप्ले चौकीबाट खटिएको प्रहरीले खोजी गर्दा उक्त बा १ ज १२३३ नम्बरको ट्याक्सीका चालक सुरेश तामाङ, रघुनाथ ओझा समेतका ब्यक्तिहरुलाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त बालाजु लगेको छ भने सुरेश तामाङको साथबाट नगद २० हजार रुपैयाँ समेत बरामद भएको छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा