सनफ्रान्स्सिकोमा नेपाल साँझ भव्यताका साथ सम्पन्न

१३ भाद्र २०६९, बुधबार १८:४५ मा प्रकाशित

क्यालिर्फोनिया । नेपाली एसोसिएसन अफ नर्दन क्यालिर्फोनियाको आयोजनामा यही २६ अगष्टका दिन सनफ्रान्स्सिकोमा भव्यताका साथ नेपाल साँझ सम्पन्न भएको छ । उक्त साँझमा नेपालका प्रख्यात लोकदोहोरी गायक गायिका तथा स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुतिबाट दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए ।

सेन्ट मेरिज क्याथड्रल सनफ्रान्स्सिकोमा बेलुका ६ बजेदेखि शुरु भएको कार्यक्रम मध्यरातसम्म भएको थियो । उक्त मनोरञ्जनात्मक नेपाल साँझको डीजेका रुपमा बुद्ध लो र गेलु शेर्पा रहेका थिए । दुई सत्रमा विभाजित उक्त साँझको पहिलो सत्रमा औपचारिक कार्यक्रम भएको थियो भने दोस्रो सत्रमा सांस्कृतिक कार्यक्रम भएको थियो ।

नेपाल एसोसिएसन अफ नर्दन क्यालिर्फोनियाका सभापति घनप्रसाद दवाडीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ संगीतकार मदन दिपबिम हुनुहुन्थ्यो । प्रमुख अतिथि दिपबिमबाट दीप प्रज्वलन गरी शुरु भएको कार्यक्रममा एनएएनसीका सल्लाहकारहरु गोविन्द शाही, गोपाल खड्गी, भक्त थापा, बिनोद भट्ट, यान राई, तीर्थ दोङ, उत्तम कार्की लगायतले आसन ग्रहण गर्नुभएको थियो । यस्तै सन्नी समाजका सभापति ईश्वर सापकोटा, बे एरिया वुमनस् एसोसिएसनका उपाध्यक्ष प्रक्सीला दाहाल, तमु समाजका सभापति गम गुरुङ, राई समाजका सभापति देव किराँत राई, तामाङको अपरेटिमका उप सभापति कुमार दोङ, द ह्वाइट जोनका सेन्ट्रल जनरल सभापति अनुप तिमिल्सिना, क्रियटिभ क्लबका सभापति नुरेन बराल, मेची महाकालीका सभापति उत्तम कार्की, चेली गु्रपकी संयोजक संगीता गुरुङ, नेवा खलका बुद्ध महर्जन, जनजाति महासंघका संयोजक रोशन सुवेदी, नेपाली जनसम्पर्क समितिका सभापति ज्ञानदीप लामा, लायन्सकी सभापति लक्ष्मी चौधरी, लायन्सका पूर्व सभापति चान्सरा धिताल, क्यालिर्फोनिया शेर्पा एसोसिएसनका सभापति आङ छिरिङ शेर्पा लगायत बे एरियाका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा हाम्रो समाज डट नेटका ध्रुव थापा र जनपुकार डटकमका सञ्चालक धनञ्जयनरसिंह केसीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सभापतिको आसनबाट स्वागत मन्तव्य व्यक्त गर्दै एनएएनसीका सभापति दवाडीले नेपाल साँझमा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनु भएकोमा उपस्थित सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।

उहाँले कम्युनिटी सेन्टरका लागि चन्दा प्रदान गर्ने दाताहरुलाई उच्च सम्मान गर्दै कम्युनिटी सेन्टरलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि मदन दिपबिमले लोक दोहोरी गायिका अमेरिकी नागरिक अन्ना स्टीरलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो भने एनएएनसीका सभापति दवाडीले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । दवाडीले आगामी दिनमा हालको कार्यसमितिले भन्दा राम्रो र सक्षम कार्यसमिति आउनेमा पनि जोड दिनुभयो । उहाँले कम्युनिटी सेन्टरमा सम्पूण संघसंस्थालाई समेट्दै लैजानुपर्नेमा जोड दिनुभयो । औपचारिक कार्यक्रमको उदघोषण एनएएनसीका महासचिव सुरेन्द्र मल्लले गर्नुभएको थियो ।

औपचारिक कार्यक्रम सम्पन्न भएलगत्तै शुरु भएको सांस्कृतिक कार्यक्रममा दर्शकहरुले भरपूर मनोरञ्जन लिएका थिए । सांस्कृतिक कार्यक्रमको शुरुवातमा राष्ट्रिय गीत ‘नेपालीको छातीमा हिमाली छायाँ छ नेपालीलाई नेपालको विछट्टै माया छ’, शिव बस्नेत, गम गुरुङ, संगीता शर्मा गुरुङ, बुद्ध लो, कुमार दोङ, इन्द्र गुरुङ, ज्योति दोङ, लक्ष्मी लामा, मार्ली दोङ, बिष्णु गुरुङ, मनीषा गुरुङले गाउनुभएको थियो । उक्त गीतमा वरिष्ठ संगीतकार मदन दिपबिमले हार्मोनियममा सहयोग गर्नुभएको थियो । उक्त राष्ट्रिय गीत गाउँदा हलमा उपस्थिति सयौं दर्शकहरुले गडगडाहट रुपमा ताली बजाउँदा कार्यक्रमको रौनक बढेको थियो । विदेशमा बसे पनि नेपालीहरु राष्ट्रियताप्रति कति सचेत र सजग छन् भन्ने कुरा त्यहाँ झल्किएको थियो ।

सांस्कृतिक कार्यक्रमकै क्रममा ‘ढल्की गयो पापी जोवन’ बोलको गीतमा लक्ष्मी लामा र ज्योति दोङले नृत्य प्रस्तुत गरेका थिए । यस्तै मोहन गुरुङले गाएको गीतबाट दर्शकहरुले मनोरञ्जन लिएका थिए । यस्तै सांस्कृतिक कार्यक्रममा अमेरिकी नागरिक अन्ना स्टीर र चर्चित गायक मीन केसीले गीत गाउँदा दर्शकहरुबाट तालीको फोहोरा छुटेको थियो । उनीहरुको गीतमा दर्शकहरु ननाची बस्ने सकेनन् ।

यस्तै ‘को हो त्यो जसले मलाई’ भन्ने बोलको गीतमा नेहा दाहाल, सोफिया सापकोटा, प्रतिमा अधिकारीले नृत्य प्रस्तुत गर्दा दर्शकहरु अत्यन्तै प्रभावित बन्न पुगेका थिए । ‘चौबन्दी चोली र रातो घाँगर’मा सिर्जना गिरी र अनुष्मा महर्जनले नृत्य प्रस्तुत गरेका थिए भने अतिथि कलाकार सुमन बुढामगरले मीठा मीठा गीत गाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन दिनुका साथै संगीतको आनन्द प्रदान गर्नुभएको थियो । उक्त सांगीतिक कार्यक्रममा स्लेशा थापा र माली दोङले मैथिली नाच पनि प्रस्तुत गरेका थिए ।

उक्त साँझमा अमेरिकी चेली अन्ना स्टीरको पनि विशेष प्रस्तुति रहेको थियो । उनी हवाली मनोवाकी विश्वविद्यालयकी प्राध्यापक हुन् । उनले नेपाली लोकदोहोरीमा विद्यावारिधी गरेकी छिन् । उक्त कार्यक्रममा मीन केसी, सुमन बुढामगर, रत्न बराइली, मोहन थापाले लोक दोहोरी गाएर सम्पूर्ण दर्शकहरुलाई दिएको मनोरञ्जन दर्शकहरुले अविश्मरणीय भएको बताएका थिए । सांगीतिक कार्यक्रममा मादलमा भने कुमार दोङ र इन्द्र गुरुङले साथ दिएका थिए ।

उक्त कार्यक्रमको संयोजक सुरेन्द्र मल्ल, सहसंयोजक अशोक गौतम, नेहरुराज गिरी रहनु भएको थियो भने सांस्कृतिक संयोजकमा गम गुरुङ र कोरियोग्राफर संगीता शर्मा गुरुङ रहनु भएको थियो । कार्यक्रमको अन्तमा प्रमुख अतिथिले कलाकार, स्वयंसेवकहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । सांस्कृतिक कार्यक्रमको उदघोषण सन्दीप बाबु र स्लेशा थापाले गर्नुभएको थियो । उक्त नेपाल साँझमा बे एरियाका ५ सयभन्दा बढीको सहभागिता रहेको हाम्रा समाचारदाताले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।