अध्यक्ष दाहाल र चिनियाँ राजदूतबीच भेटवार्ता

नेकपामा विवाद चुलिएको समयमा यसअघि पनि यान्छीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, माधव नेपालसँग भेट गरेकी थिइन्
९ पुष २०७७, बिहीबार १३:३३ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालससँग उनले बिहीबार बिहान खुमलटारस्थित दाहाल निवासमा भेटवार्ता गरेकी हुन् । भेटमा नेकपा विवाद, फुटको अवस्थाका विषयमा चिनको चासो दाहाल समक्ष यान्छीले राखेको बताइएको छ ।

दाहालले भने आफु नेपालमा एउटै कम्युनिष्ट पार्टी होस् भन्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीका कारण विभाजनको अवस्थामा पुगेको बताएका छन् । नेकपामा विवाद चुलिएको समयमा यसअघि पनि यान्छीले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, माधव नेपालसँग भेट गरेकी थिइन् ।

उनले राजदूतले मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शीतल निवासमा भेट गरेकी थिइन् । चीनले प्रधानमन्त्री ओलीलाई पद त्याग गरेर भएपनि पार्टी विभाजनको अवस्था आउन नदिन सुझाव दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौं । तोकिएको स्वास्थ्य मापदण्डको पालना गरि प्रतिनिधि सभाको विशेष अधिवेशन गरिने भएको छ । कोरोना संक्रमित सांसदहरुलाई पनि मतदानमा