दिलशोभाको आमाघरको सहयोगको लागि लस एन्जलसमा प्रयास

१३ भाद्र २०६९, बुधबार १८:३७ मा प्रकाशित

गोकुल ढकाल, लस एन्जलस । समाजसेवी दिलशोभा श्रेष्ठले संचालन गर्नुभएको असाह्य आमाहरूको आश्रयस्थल आमाघरको संचालन निरन्तरताको सहयोगका लागि लस एन्जलसमा एउटा उदाहरणिय प्रयासको थलनी भएको छ । “Together- Southern California Nepalese Community for “Aamaghar” नाम लिएर स्थानिय बिबेक श्रेष्ठको अगुवाइमा “आमाघर” को सहयोगको लागि आफुसक्दो सहयोगको लागि संस्थाले आग्रह गरेको छ ।

श्रीमानले छोरीको बिहेबखत घरको सम्पत्ति चोरेर भागेपछी बिलौनाबाट एक्लिएकी दिलशोभाको समाजसेवा र सयौं आमाहरूलाई लालन-पोशण गर्ने मानब धर्मको बारे नसुन्ने कमै होलान । कुनै समय आमा-छोरी आत्महत्या गर्न गएका अकल्पनिय घटनाहरूले बुनिएका दिलशोभाका सेवाभावहरू मदर टेरेसाका भन्दा काम छैनन, सेवामा नोबेल पुरस्कार बिजीताका भन्दा कमा योगदान छैनन् । बिकसित समाज र त्यसभित्रका निहित सेवीहरूले बुझेका यी दिलचश्पी र प्रेरणादायी कार्यहरूको ब्यबस्थापन कति दर्दनाक होला, त्यो त “आमाघर”लाई सहयोग गर्ने महान दाताहरूलाई थाहा होला । परदेशमा पसिना बहाउनेहरूले पनि ‘सकेको’ कमाईको एक थोपा पसिनाले पचासौं आमाहरूलाई एक छाक मिठो खान पुग्छ भने , केही दिनलाई कन्जुस्याइं आखिर किन ?

गत महिना चर्चित पत्रकार बिजयकुमारले गरेका दिलशोभासंगको साक्षात्कार पश्चात संसारभर सहयोगका लागि फैलिएका हातहरुमा हातेमालो गर्न आफूहरूले निस्वार्थ आमाघरको लागि सानो प्रयास गरेको बताउंछन्, अगुवा युवा बिबेक श्रेष्ठ । उनका अनुसार् सहयोग गर्न चाहनेहरूले http://www.gofundme.com/togetherforaamaghar OR http://www.facebook.com/pages/Together-Southern-California-Nepalese-Community-for-Aamaghar/518452871503641 को लिन्क्मा गएर आफुसक्दो सहयोग गर्न सकिन्छ । उनका अनुसार एकमहिनामा ३,००० डलर रकम संकलनको लक्ष्य राखिएकोमा सहयोग निरन्तर् प्राप्त भैरहेको र दाताहरूले सहयोग गरेको रकम सोझै नेपालमा दिलशोभा दिदिको आमाघरलाई प्रदान गराइने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र