नेपाली जनसम्पर्क समिति युकेको सभापतिमा नेम्वाङ्गले उम्मेदवारी दिने

१३ भाद्र २०६९, बुधबार १८:३५ मा प्रकाशित

कुमार लामा, लण्डन । बहु प्रतिक्षित नेपाली जनसम्पर्क समिति युकेको आउंदो अक्टोबर ६ मा हुन गइरहेको तेश्रो ऐतिहासीक महाधिबेशनमा एकराज नेम्वाङ्गले उम्मेदवारी दिने भएका छन । लामो समयदेखि प्रवासमा रहेर जनसम्पर्क समितिमा काम गरीसकेका नेम्वाङ्गले आउंदो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिने भएका हुन । बेलायतमा राजनीति संगसैगै विभिन्न सामाजिक काममा अग्रसर नेम्वाङ्ग असल समाजसेवी र राजनीतिज्ञमा गनिन्छन । बेलायतस्थित पांचथर सेवा समाज युकेको अध्यक्ष समेत रहेका उनले पहिलो पटक पांचथर कप सफलतापुर्वक सम्पन्न गरेका थिए ।
क्षमता, दक्षता तथा बुद्धिमता पुर्वक नेपाली जनसम्पर्क समिति बेलायतलाई शसक्त विदेशस्थित पार्टी निकायको रुपमा विकास गर्न उनले विशेष कार्ययोजना समेत तय गरेका छन ।
गतसाता केण्ट क्षेत्रीय सभापति किरण राईको निवासमा बसेको भेलाले नेम्वाङ्गको उम्मेदवारीलाई शशक्त बनाउने निर्णय गरेको थियो । यद्यपी भेलाले सकेसम्म सहमतीको पहल जारी राख्ने निर्णय गरेको सहभागि एकले बताए ।
राईको निवासमा बसेको भेलाले नेम्वाङ्गको नेतृत्वलाई सर्वसम्मत बनाउन पहल गर्ने उदेश्य स्वरुप विन्चेष्टर नेपाली समाजका अध्यक्ष कुमार लामाको संयोजकत्वमा प्रचारप्रसार, युवा नेता तस्बिर लामाको संयोजकत्वमा अर्थ समिति गठन गरीएको छ । त्यस्तै हयाम्सायर समितिका सभापति हितकाजी गुरुङ, केण्ट क्षेत्रीय सभापति किरण राई, नेसा युकेका प्रवक्ता एवं नेसाका केन्दि्रय सदस्य तेज बहादुर राई र नेपाली कांग्रेस महिला नेत्री नर कुमारी लिम्बु रहेको एक उच्चस्तरीय वार्ता समिति समेत गठन भएको छ ।
क्षेत्रगत रुपमा प्रचार प्रसारका लागि क्षेत्रीय प्रतिनिधिहरु समेत परिचालन गरीएको छ । जसअन्तर्गत हृयाम्सायरमा नेसाका केन्दि्रय सदस्य कमल पुर्जा, लण्डनमा क्षेत्रिय सभापति सुर्य नेम्वाङ्ग, क्षेत्रिय उपसभापति बाबुराम प्रधान, कांग्रेस युवा नेता सुवास अधिकारी, सुनिता दाहाल, सुर्य गुरुङ, कर्मा लामा, साउथ इष्ट लण्डनमा नेसाका केन्दि्रय सदस्य भोजप्रसाद गुरुङ, बाबुराम अर्याल, केण्टमा राजेन्द्र भण्डारी, मिर कुमार राई, मिडल्याण्डमा कांग्रेस युवा नेता तर्कजंग गुरुङ, विद्यार्थी नेता जय सापकोटा, मिडल्याण्ड क्षेत्रिय उपसभापति चन्द्रमान लावती, वेल्समा पांचथर क्षेत्र नं २ का पुर्व क्षेत्रिय सभापति एम्पी चेम्जोङ, योर्क सायरमा रत्न राई र सुर्य सुब्बा, स्कटल्णण्डमा गणेश धिताल रहेका छन ।
आफ्नो उम्मेदवारी बारे प्रष्ट्याउंदै नेम्वाङ्गले पहिलो तथा दोश्रो अधिबेशनले समेट्न नसकेका विषयहरु बर्ग समुदाय, लिङ्ग र पेशा व्यवसायलाई समेटी बृहत कांग्रेसको रुपमा विकास गर्ने लक्ष्य राखिएको बताए । क्षमता र सामथ्र्य लगाइ पार्टी प्रतिको निष्ठाको आधारमा सबैलाई एकसुत्रमा बांधी जनसम्पर्क समिति युकेलाई नमुना जनसम्पर्क समितिको रुपमा विकास गर्न दक्षचित्त रहेको जनाए ।
विगतका निर्वाचनमा पुर्व गोर्खाहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गरेकोप्रति चिन्तित बनेका उनले गोर्खाहरुको समस्यामा कुटनीतिक पहल गर्न जनसम्पर्क समितिले कुनै कसर बांकी नराख्ने उद्घोष गरे । विद्यार्थी, महिला तथा व्यवसायीहरु समेट्दै सर्वपक्षिय टिम निर्माणमा आफु लागिपरेको उनको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस

काठमाडौं । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापक रहनुभएका डा सूर्यप्रसाद सुवेदीलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले कानुनी सल्लाहकारमा नियुक्ति गरेको छ ।

काठमाडौं । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।