अब पोलपोट शासनको तयारी : विपक्षी नेताहरु

१३ भाद्र २०६९, बुधबार १८:१२ मा प्रकाशित

काठमाडौं, १३ भदौ । विपक्षी दलका नेताहरुले ‘एमाओवादीले सत्ता कब्जा गर्न लागेको’ धारणा सार्वजनिक गर्दै आएको परिवेशमा नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादीले सत्ता कब्जा गरिसकेको दाबी गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारको नियत नै विपक्षीहरुलाई समाप्त गरेर पोलपोटको जस्तो निरकुंश शासन गर्ने हो भन्ने आरोप लगाएका छन्।
अध्यादेश सत्ता सम्ब्याउने चाल मात्रै भएको भन्दै महासेठले यस्तै क्रम जारी रहे प्रधानमन्त्रीको हालत ज्ञानेन्द्रको जस्तो हुने चेतावनी दिए। उनले भने, ‘अघोषित रुपमा माओवादीले सत्ता कब्जा गरिसकेको छ। अब विपक्षीले आन्दोलनको आँधिबेहरी ल्याएर सरकारलाई सत्ताच्यूत गर्नु पर्छ।’ सोही कायैक्रममा नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईले सर्वदलीय बैठकमा आफूले पद छाडेको घोषणा मात्र गरे पनि सहमति बन्ने विश्वास ब्यक्त गरे। नेता महतका अनुसार इरानबाट फर्कनेबित्तिकै सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्रीले ‘मैले पद छाडेँ, तपाईहरु नयाँ नाम दिनुस्’ भनेर प्रस्ताव गर्ने बित्तिकै मुलुकले सहमतिको नयाँ सरकार र निकास समेत पाउँछ।
यस्तै राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले माओवादी नेतृत्वको अभिब्यक्ति र सरकारको चाल सत्ता कब्जातर्फ उन्मुख रहेको भन्दै तत्काल कङ्ग्रेसले सरकारको विकल्प दिन सक्नु पर्ने तर्क गरे।
नेकपा माओवादीका पोलिटब्यूरो सदस्य हरिभक्त कडेलले अध्यादेशमाथि अध्यादेश ल्याउनु सत्ता लम्ब्याउने चाल बाहेक केही नभएको बताए। उनले प्रधानमन्त्री भट्टराई विचारबाट स्खलित भईसकेको ब्यक्तित्व भएकोले उनबाट कुनै पनि समस्या समाधानको अपेक्षा गर्नु मुर्खताबाहेक केही नभएको स्पष्ट पारे।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्