नेकपा विधिवत रुपमै आज दुई टुक्रा

एक अर्कालाई कारबाही गर्न दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै
७ पुष २०७७, मंगलवार ०९:०७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ । पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग-अलग बैठक डाकेका छन् ।

दुबै पक्षले आफुले बोलाएको केन्द्रीय कमिटी बैठक नैं आधिकाारिक भएको तर्क गरेका छन् । आजको बैठकबाट एक अर्कालाई अनुसाशनको कारबाही गर्दै पार्टीबाट निष्काशन गर्ने दुबै पक्षको तयारी छ ।

दुवै पक्षका महत्वपूर्ण मानिएका एक-एक जना केन्द्रीय सचिवालय सदस्यहरु रामबहादुर थापा ‘बादल’ र बामदेव गौतम तटस्थ बस्ने निश्चित भएको छ । संसद भवनमा आयोजित प्रचण्ड–नेपाल पक्षका निवर्तमान सांसदहरुको भेलामा सहभागी नभएका गौतमले आफू संसद विघटनको विपक्षमा तर पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टी फुटको साक्षी नबन्ने घोषणा गर्नु भएको छ।

बालुवाटारमा प्रधानमन्त्री ओलीद्वारा आयोजित भेलामा सहभागी नभएका बादलले पनि हतारमा कुनैपनि निर्णय नलिने बताउनु भएको छ । ओली पक्षले आज बिहान ९ बजे प्रधानमन्नी निवास वालुवाटारमा केन्द्रिय कमिटि बैठक बोलाएको छ भने प्रचण्ड पक्षले कार्की पार्टी प्यालेस बबरमहलमा दिउँसो १ बजे बैठक बोलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ: नेकपा(एमाले)को विवाद मिलाउन आज नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष ओलीका तर्फबाट नेताहरु सुवास नेम्वाङ र विष्णुप्रसाद पौडेलले

काठमाडौँ: नेकपा (एमाले) संघीय संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री एवम् नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मजबुत पार्दै अघि बढ्ने कार्यमा सबैलाई सरिक हुन आग्रह गर्नुभएको छ