भ्रमण गर्ने देशको मुद्रामै सटही गर्न राष्ट्र बैँकको आग्रह

१३ भाद्र २०६९, बुधबार १७:५६ मा प्रकाशित

काठमाडौं, १३ भदौ । नेपालबाट विदेश भ्रमणमा जाने व्यक्तिहरुले भ्रमण गर्ने देशको मुद्रामा नै सटही गर्न नेपाल राष्ट्र बैँकले अनुरोध गरेको छ। राष्ट्र बैँकले एक विज्ञप्ति प्रकाशित गर्दै निश्चित रकमभन्दा बढी विदेशी मुद्राको हकमा यात्रु चेक, विदेशी मुद्राको प्रिपेड कार्ड र क्रेडिट कार्ड आदिबाट विदेशी विनिमय सुविधा उपयोग गर्न आग्रह गरेको छ। राष्ट्र बैँकद्वारा जारी विज्ञप्तिका अनुसार मुलुकमा पर्याप्त विदेशी विनिमयको संचिति रहेको छ भने नेपालबाट विदेश भ्रमणमा जाने व्यक्तिहरुलाई बैंकले जारी गरेका नीतिगत व्यवस्थाको अधीनमा रही बैंकहरुबाट तोकिएको सीमासम्म नगदमा नै विदेशी मुद्रा नियमित रुपमा उपलव्ध गराउँदै आएको छ। ‘वैदेशिक भ्रमणमा जाने जो कोहीका लागि पनि आफूलाई आवश्यक पर्ने विदेशी मुद्रामध्ये सामान्य फुटकर खर्चका लागि नगदमा र अन्य भुक्तानीका लागि विदेशी मुद्राका अन्य उपकरणहरु प्रयोग गर्नु भएमा त्यस्ता उपकरणहरु नगदको तुलनामा कम जोखिमयुक्त हुनुका साथै बढी विश्वसनीय र भरपर्दा हुनाले पनि नगदको सट्टा त्यस्ता उपकरण प्रयोग गर्न प्रोत्साहित गरिन्छ’, राष्ट्र बैँकले विज्ञप्तिमा भनेको छ, ‘सो प्रयोजनका लागि बैंकहरुमा पर्याप्त मात्रामा बैकल्पिक उपकरणहरुको उपलव्धता रहेको व्यहोरा समेत जानकारी गराउँदछौँ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको