योनी कसिलो बनाउने क्रिम छिट्टै बजारमा

१३ भाद्र २०६९, बुधबार १७:४३ मा प्रकाशित

काठमाडौं, १३ भदौ । मुम्बईस्थित एक भारतीय कम्पनीले महिलाको खुकुलो योनीलाई कसिलो बनाउने क्रिम बजारमा ल्याउन लागेको सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘एटिन अगेन’ उत्पादन गर्ने मुम्बईको कम्पनी ‘अल्ट्राटेक’ले भारतमा पहिलोपल्ट यस्तो क्रिम उपलब्ध गर्न लागेको बताइएको छ ।
‘एटिन अगेन’ क्रिम योनी कसिलो बनाउने पहिलो क्रिम भएको कम्पनीको दाबी छ । कम्पनीले क्रिम प्रयोगपछि खुकुलो योनी भएका महिलाले फेरि कौमार्यको अनुभूति गर्ने कम्पनीले प्रकाशमा ल्याएको विज्ञापनमा उल्लेख गरिएको छ।
अल्ट्राटेकका मालिक ऋषि भाटियाका अनुसार क्रिमको मूल्य दुई हजार पाँच सय भारतीय रुपैया पर्छ। सुनको भस्म, एलोभेरा, बदाम र अनाजजस्ता पदार्थबाट क्रिम बनाइएको उनले बताए। उनले क्रिमको क्लिनिकल टेस्टसमेत भइसकेको बताए। उनको भनाइमा क्रिम अनौठो क्रान्तिकारी उत्पादन हो। यसले महिलाको आत्मविश्वास बलियो बनाउने र आत्मसम्मान वृद्धि गर्ने उनले बताए। महिलाको सशक्तीकरण गर्नु क्रिमको लक्ष्य भएको भाटियाले बताए। क्रिमले महिलालाई कुमारी बनाउने दाबी गरेको नभएर कुमारित्वको अनुभूति गराउने मात्र भएको उनको भनाइ छ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती राजकुमार फिलिपको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राजकुमार