नेवि संघद्वारा भक्तपुर क्याम्पसमा तालाबन्दी

१३ भाद्र २०६९, बुधबार १७:२४ मा प्रकाशित

भक्तपुर, १३ भदौ । नेपाल विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस एकाइ समितिले क्याम्पस प्रमुख शङ्करकुमार उपाध्यायको कार्यकक्षमा आज तालाबन्दी गरेको छ। क्याम्पस प्रमुख उपाध्यायको पुनःबहालीको विरोध गर्दै नेविसङ्घले तालाबन्दी गरेको एकाइ समितिका अध्यक्ष प्रवीण लाखेले बताए।
नेविसङ्घले प्रमुख उपाध्यायको कार्यकालमा क्याम्पसलाई कार्यकर्ता भर्ती केन्द्र र भ्रष्टको क्रीडास्थल बनाएको आरोप लगाएको छ। कर्मचारी नियुक्ति तथा आशिंक करार शिक्षक नियुक्तिमा योग्य उम्मेदवारभन्दा आफ्ना निकट राजनैतिक दलका कार्यकर्तालाई प्राथमिकता दिने गरिएको आरोपसमेत लगाइएको छ।
नेविसङ्घले पटकपटक पारदर्शिताको विषय उठाए पनि क्याम्पस प्रमुखले बेवास्ता गर्दै अनावश्यक र बढी मूल्याङ्कनमा सामग्री खरिद गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै सङ्घसँग भएका पटकपटकको सम्झौतासमेत कार्यान्वयन नगरेको जनाइएको छ।   रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस