पोखरेली आफैंले थाले विमानस्थल निर्माण

१३ भाद्र २०६९, बुधबार १६:३९ मा प्रकाशित

काठमाडौं, १३ भदौ । अन्तर्राष्टिय विमानस्थल निर्माणको माग गर्दै चरणवद्ध आन्दोलनमा उत्रिएका पोखरेलीहरूले सांकेतिक रुपमा विमानस्थल निर्माणको काम थालेका छन् ।विमानस्थल निर्माण सरोकार समितिको आहृवानमा बुधबार कुटो, कोदालो, पिक लगायतका घरेलु औजार लिएर विमानस्थल निर्माणस्थल छिनेडाँडा पुगेका स्थानीयले सांकेतिक रुपमा काम थालेका हुन् ।
राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता, महिला समूहहरुको पनि उल्लेख्य सहभागिता रहेको सो सांकेतिक विरोध कार्यक्रममा स्थानीय विद्यार्थीहरुले मानव साङ्लो प्रदर्शन गरेका थिए ।
विमानस्थाल निर्माणको माग गर्दै बुधबार सातौं सदन पोखरा विमास्थल अगाडी रिले अनसन जारी छ । सरकारले आफ्नो माग नसुनेको भन्दै सरोकार समितिले भदौ १५ र १६ गते पोखरामा आमहडतालसहित विमानस्थल बन्द आहृवान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका