विवाद थाती राखेर सम्वाद थालिने

१३ भाद्र २०६९, बुधबार १६:२८ मा प्रकाशित

काठमाडौ १३ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुको बीचमा विश्वासको वातावरण बनाउने काम सरकारको भएको तर यस मामलामा सरकार सुतेर बसेको आरोप लगाउनुभएको छ । पूर्वसांसद मञ्च नेपालद्वारा राजनीतिक निकासका लागि राष्ट्रिय संवाद विषयमा राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले माओवादीले आफ्नो जिद्दी त्यागे अझै पनि सहमति हुन गाह्रो नपर्ने जनाउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, ‘राजनीतिक सहमतिका लागि वर्तमान सरकारले मार्गप्रशस्त गर्नुपर्छ र सविधानसभाको पुनःस्थापना वा निर्वाचन के हो भन्ने विषयमा छिटो छिनोफानो गर्न सक्नुपर्छ।’
सो कार्यक्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सहमतिका आधारमा वर्तमान राजनीतिक गतिरोधको समाधान खोज्ने सामूहिक प्रतिबद्धता जनाएका छन्। उनीहरुले आपसी विवाद थाती राखेर संवादको प्रक्रिया पुनः सुचारु राख्ने सहमति पनि सार्वजनिकरुपमा व्यक्त गरेका छन्।
राप्रपाका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले राजनीतिक दलबीचको संवादको प्रक्रिया कमजोर हुँदा राजनीतिक सङ्कट उत्पन्न भएको जनाउँदै यसको समाधानका लागि दलबीच सामूहिक प्रयत्नको खाँचो औँल्याउनुभयो भने नेकपा (माले)का महासचिव सिपी मैनालीले विगतको जस्तो कार्यान्वयन नहुने सहमति दलहरुबीच अब फेरि नहोस् भन्ने अभिव्यक्ति दिनुभयो।
यसैगरी राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले उग्रवामपन्थी भड्काउ र सङ्घीयताले देशमा राजनीतिक अन्योल थप्दै गएको उल्लेख गर्नुभएको राससले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले