प्रधानमन्त्री तेहरान प्रस्थान

१३ भाद्र २०६९, बुधबार १६:१७ मा प्रकाशित

काठमाडौ, १३ भदौ । प्रधानमन्त्री डा भट्टराईले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको सन्दर्भमा तेहरान भ्रमण उपलब्धिपूर्ण हुने बताएका छन् । प्रधानमन्त्रीले इरानको राजधानी तेहरानमा हुने असंलग्न आन्दोलनको १६औँ शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान त्यसतर्फ प्रस्थान गर्ने क्रममा सो धारणा व्यक्त गरेका हुन् ।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री डा भट्टराईले नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र भएको र सधैँ यस सम्मेलनलाई महत्व दिई उच्चतम तहबाट सहभागिता भइआएकाले आफूले यसलाई निरन्तरता दिएको उल्लेख गरे । यही भदौ १४ र १५ गते शिखर सम्मेलनको आयोजना गरिएको छ ।

प्रधानमन्त्री डा भट्टराईलाई विमानस्थलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार, मन्त्रिगण तथा सरकारी उच्च पदस्थ अधिकृतहरूले बिदाइ गरेका थिए । सो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गत सोमबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका