चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा

२ पुष २०७७, बिहीबार १२:३९ मा प्रकाशित

लन्डन । चीनको च्याङ्ग ई फाइभ अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यान आज विहान स्थानीय समय अनुसार एक बजेर तीस मिनेटमा भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको हो ।

सो यानले ल्याएको नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने विश्वास गरिएको छ । अहिलेको नमुना अध्ययनले चन्द्रमा भित्री रुपमा कसरी निर्माण भएको छ भन्ने थप जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो अभियान अन्तर्गत नमुना सङ्कलनका लागि चन्द्रमाको सतहमा जम्मा दुई दिन लागेको थियो । चीनको अभियानले मन्स रुम्केर भनिने उत्तरपश्चिमको उच्च ज्वालामुखी क्षेत्रबाट नमूना संकलन गरेको हो ।

अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमुना ल्याएको चालिस वर्ष भन्दा बढी चीनले नमूना ल्याउन सफल भएको हो ।

च्याङ्ग ई फाइभ सफलतापूर्वक सकिनुलाई चीनको अन्तरिक्षमा बढ्दो क्षमताको अर्को प्रदर्शनका रुपमा हेरिएको छ । च्याङ्ग ई फाइभ अभियान नोभेम्बरको अन्त्यमा चन्द्रमामा पठाइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाले पहिलो पटक गुगल र फेसबुकले समाचार सामाग्री राखेबापत सम्बन्धित समाचार संस्थालाई पैसा तिर्नु पर्ने कानुन पारित गरेको

बेइजिङ । अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सार्वजनिक गरेको छ । आठ इन्च

अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ । नेपाली समयानुसार आज

हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ