
केही देशहरुमा बन्द गरिएको टिकटकको लोकप्रियता झन् भन्यो झन् बढ्दै गएको छ । चीनमा बनेको यो एपले यो बर्ष सबैभन्दा धेरै डाउनलोड भएर नयाँ रेकर्ड कायम गरेको छ ।
एप एनीको रिपोर्टका अनुसार टिकटक टप डाउनलोड भएको एपहरुको लिस्टमा दर्ज भएको छ । सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड गरिएको एप्सहरुको लिस्टमा दोस्रो नम्बरमा फेसबुक रहेको छ ।
डाटा एनालिटिक फर्म एप एनीले मोबाईल बिक्रेताहरुको आधारमा बर्षेनी रिपोर्ट जारी गर्ने गरेको छ । यसको आधारमा सबैभन्दा धेरै डाउनलोड भएको एपहरुको लिस्टमा टप–५मा चार चार एपहरु फेसबुकका एपहरु रहेका छन् । तेस्रो नम्बरमा व्हाट्एप, चौथोमा जूम, पाँचौंमा इन्स्ट्राग्राम रहेको छ । छैठौं नम्बरमा फेसबुकको म्यासेन्जर रहेका छन् । जूम यो वर्षको सबैभन्दा लोकप्रिय एप हो । यो एप पनि टप ५ मा पर्न सफल भएको छ ।
गुगलको गुगल मिट एप सातौं नम्बरमा रहेको छ । त्यसैगरि स्न्यापच्याट, टेलिग्राम र लाइकी रहेका छन् । खासमा यो डाटा जनवरी महिनाबाट नोभेम्बर २०२० सम्म डाउनलोट गरिएका एपहरुको रहेको छ । यो डाटा गुगल प्ले स्टोर र आइओएस एप स्टोर डाउनलोड गरिएका एपहरुबाट लिइएको हो । एप एनीका अनुसार कोरोना वाइरस महामारीको कारण मोबाइलको प्रयोग गर्नेहरु पहिले भन्दा बढेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार
नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ