पोस्टपेड मोबाइलमा पनि टेलिकमको प्याक

३० मंसिर २०७७, मंगलवार १२:२४ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमका पोस्टपेड मोबाइल प्रयोगकर्ताले प्रत्येक महिना न्यूनतम ३८३.०७ रुपैयाँ रेन्टल शुल्क (रन्टल चार्ज) तिर्नुपर्ने हुन्छ । यसको अर्थ ग्राहकले थोरै रकमको सुविधा प्रयोग गरे पनि रेन्टलबापतको सो रकम तिर्नैपर्ने हुन्छ ।

कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पुरानै हो ।

जुन अहिले पनि कायम छ । यही रेन्टल चार्जबापतको रकमबाट पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । पछिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्याकमा प्रयोगकर्ताको आकर्षण बढदै गएको छ । ग्राहकले प्याक प्रयोग गर्दा रेन्टल चार्जभन्दा छुट्टै रकम काटिन्छ ।

सस्तो दरका डाटा र भ्वाइस प्याक उपलब्ध भएकाले ग्राहकले यो रेन्टल चार्जको रकममा खासै ध्यान दिइरहेका हुँदैनन् । सामान्यतः नेपाली महिनाको अन्तिममा अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल तयार हुन्छ ।

सो महिनामा रेन्टलभन्दा थोरै रकम प्रयोग गरेको भएपनि ३८३.०७ रुपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौं, कुनै ग्राहकले महिनामा सय मात्र प्रयोग गरेको भएपनि ३८३.०७ नै काटिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ