अध्यादेशबाट सरकार चलाउनु निन्दनीय : जनमोर्चा नेपाल

१३ भाद्र २०६९, बुधबार ०८:४८ मा प्रकाशित

काठमाडौं, १३ भदौ । बिनासहमति र विपक्षीको विरोधका बाबजुद अध्यादेशको भरमा सरकार चलाउने गठबन्धन सरकारको रवैयाको जनमोर्चा नेपालले निन्दा र विरोध गरेको छ । प्रमुख जिल्ला अधिकारीको अधिकार कटौती गरी हतियार चलखेल वृद्धि गर्ने, समुदायको सेना बनाउन सैनिक ऐन संशोधन गर्नेलगायत झन्डै पौने दर्जन कानुनी तथा संवैधानिक विषयसमेत परिवर्तन गर्न थालेको भन्दै जनमोर्चाले सरकारी कदमको विरोध गरेको हो ।
सो पार्टीका महासचिव साध्यबहादुर भण्डारीले एक प्रेस विज्ञप्ति जारी गर्दै देश संवैधानिक, राजनीतिक सङ्कटमा फसेको बेला उच्च तहको राजनीतिक सहमतिबाट शीघ्र निकास दिनुको बदलामा अध्यादेशमार्फत सत्ता लम्ब्याउने र आर्थिक, सामाजिक तथा कानुनी जटिलतामा फसाउन गैरसंवैधानिक तरिकाबाट अध्यादेश ल्याउने सरकारको तयारी भत्र्सनायोग्य भएको जनाएका छन् । राजनीतिक सहमति गरी सङ्क्रमणकाल र राष्ट्रिय सङ्कटको निकास दिन तत्काल राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नेतर्फ लाग्न सबै पक्षलाई भण्डारीले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको