भिजिट भिसामा विदेश उड्न लागेका १५० नेपाली विमानस्थलबाटै फर्काइए

२९ मंसिर २०७७, सोमबार १५:५१ मा प्रकाशित

काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन विमानस्थलमा भएको भिजिट भिसा सेटिङ प्रकरणका सम्बन्धमा छानबिन शुरु गरेपछि विमानस्थलले यसै साताभित्रै भिजिट भिसामा खाडीमुलुक जान लागेका १५० जना नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाएको छ । अध्यागमन विभागको अनुगमनपश्चात विमानस्थलले शंकास्पद भ्रमणमा रहेका ती नेपालीलाई विमानस्थलबाटै फिर्ता पठाइएको विभागका महानिर्देशक रमेश कुमार केसीले बताए ।

गृहको प्रारम्भिक छानबिनमा विमानस्थलस्थित अध्यागमन कार्यालयका १४ अधिकृतसमेत परेका छन् । मन्त्रालयका उपसचिव रुद्र पण्डितको नेतृत्वमा रहेको छानविन समितिकोे सिफारिसका आधारमा १४ अधिकृत मन्त्रालयमा तानिएका छन् ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘गृहमन्त्रालयको छानविनमा सहयोग होस् भन्ने हिसावले अध्यागमनका १४ अधिकृतहरुलाई मन्त्रालयमा तानिएको हो ।’

त्रिभुवन विमानस्थलका कर्मचारीसँग सेटिङ मिलाएर केही गिरोहले कैयन युवायुवतीलाई भिजिट भिसामा खाडी मुलुक पठाई अलपत्र पारेको भन्दै सम्बन्धित देशका दूतावासले सरकारलाई गुनासो गरेपछि गृह मन्त्रालयले छानविन समिति बनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको विमानस्थल प्रयोग गरेर भारतीयहरु विदेश जान थालेका छन् । भारतले विदेश जान प्रतिबन्ध लगाएपछि नेपालको त्रिभुवन विमानस्थल

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी

काठमाडौँ । अध्यागमन विभागले एक्लै विदेश भ्रमणमा जाने महिलाहरूको लागि कार्यविधि संशोधन प्रस्ताव गरेको छ। विभागले अध्यागमन कार्यविधि २०६५ को

वाशिंगटन ।अमेरिकी सरकारको युएसससीआईएसले कामदार भिसा एचवान बीको लोटरीका लागि आवेदन दिने अवधिको घोषणा गरेको छ । आगामी मार्च ९