७ वर्षकी बालिकाले उठाइन ८० किलो वजन

२९ मंसिर २०७७, सोमबार १४:१९ मा प्रकाशित

क्यानडाकी ७ वर्षीया बालिकाले ८० किलो तौलको बजन उठाएर विश्व कीर्तिमान कायम गरेकी छन् । सुन्दै अचम्म लाग्ला कसरी उठाउन सक्छ ७ वर्षको बच्चाले ८० किलौ तौल ? रोरी भेन उल्फत नामकी ती बालिका संसारकै सबैभन्दा बलवान बालिका नै हुन् । ७ वर्षको उमेरमा यतिधेरै तौल उठाउन अहिलेसम्म कसैले सकेको थिएन ।

रोरीलाई भारत्तोलनमा ८० किलोको डेडलिफ्ट र ६१ किलोको स्क्वाड गर्नु साँच्चीकै बच्चाको खेल जस्तो हो । साथै उनले स्न्याचमा ३२ र क्लिन एण्ड जर्कमा ४२ किलोग्राम तौल सजिलैसँग उठाइदिन्छिन् । यी बालिकाले इतिहासकै सबैभन्दा कम उमेरमा भारत्तोलनको अमेरिकी यूथ च्याम्पियनको समेत उपाधि जितेकी छिन् ।

४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तोलनको तालिम लिन सुरु गरेकी थिइन् । उनले २ वर्षमै कल्पना नै नगरेको कीर्तिमान कायम गरेकी छन् । हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमुनिको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्याम्पियनको उपाधि जितिन् ।

‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ’ती बालिका भन्छिन् ।

रोरीका बुवा क्याभनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गरेका छन् । हाल ३ कक्षामा पढ्ने रोरी क्यानडाको राजधानी ओटावामा आफ्ना बुवाआमा तथा भाइसँग बस्छिन् । उनी हप्तामा ९ घण्टा तालिम गर्छिन्।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र