खेलकुदमा मानव तस्कर

१३ भाद्र २०६९, बुधबार ०८:४२ मा प्रकाशित

श्रीविक्रम भण्डारी/ काठमाडौं, १३ भदौ । खेलकुदमा मानव तस्तरको उपनामले परिचित व्यक्तिलाई अन्तर्राष्ट्रिय विज्ञको रूपमा प्रस्तुत गरेपछि अहिले खेलकुदमा सनसनी फैलिएको छ । आठ महिना पहिले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले सार्वजनिक रूपमै रवि राजकर्णिकारलाई मानव तस्करको संज्ञा दिएका थिए । तर, त्यसको केही महिनापश्चात् नै लामाले रविलाई अन्तर्राष्ट्रिय विज्ञको रूपमा खेलकुदमा भित्रयाएपछि रवि मानव तस्कर हुन् कि विज्ञ त्यो छुट्याउन गाह्रो भएको छ ।
रुक्मशमशेर राणा नेपाल एथलेटिक्स सङ्घको अध्यक्ष हुंदा हमासचिव पड्काएका रविले त्यसपछि सङ्घमा उपद्रो मच्चाएका थिए । हजारौं डलरको आर्थिक अनियमितता र अवैधानिक तरिकाले खेलाडी र गैरखेलाडीहरू विदेश पठाएर अकुत आर्थिक लाभसमेत उठाएका थिए । एथलेटिक्स सङ्घलाई आफ्नो खल्तीको सङ्घ र म्यानपावरको रूपमा विकसित गरेपछि तत्कालीन राखेपका सदस्यसचिव किशोरबहादुर सिंहले रविलाई अङ्कुश लगाउने कोसिस गरेका थिए । रविको यो गैरकानुनी धन्दालाई रोक्न पुलिसले एयरपोर्टमै पक्रेर हनुमानढोका पु¥याएको थियो । गंगा आए गंगाराम जमुना आए आए जमुनारामको भूमिका निर्वाह गरिरहेका रविले अहिले राखेपका सदस्यसचिव लामासंग आफ्नो घुममिल निकै बढाएका छन् । यसअघि उनी राणाका हनुमान मानिन्थे भने त्यसपछि धु्रवबहादुर प्रधानको सहयोगीको रूपमा प्रस्तुत भएका थिए । प्रधानको एनओसीको सदस्यसमेत रहेका रविले त्यहां राणाको जासुसको रूपमा कार्य गरेको खुलासा भएपछि प्रधानले उनलाई दिएको जिम्मेवारीबाट मुक्त गरेका थिए । प्रधानको एनओसीमा वैदेशिक विभाग हेर्दै आएका रविले पछि आत्मालोचना गरेपछि प्रधानमन्त्रीले पुनः जिम्मेवारी दिएका थिए ।
यसरी गैरकानुनी कार्य गरेकोे आरोपमा एयरपोर्टबाटै पुलिसले पक्रेर हतकडी लगाएको व्यक्तिलाई लामाले के आधारमा अन्तर्राष्ट्रिय विज्ञको रूपमा काखी च्यापेका हुन् त्यो रहस्यमयी बनेको छ । सार्वजनिक रूपमै गन्हाएको व्यक्तिलाई लामाले काखी च्यापेपछि कतै ओलम्पिक कमिटीमा रजाइं गर्न त होइन शङ्का–उपशङ्का गरिन थालेको छ । स्मरणीय छ, धुलिखेलमा लामासंग बसेको गाढा सम्बन्धको छनक यही सोमबार राम्रोसंग देख्न सकिन्थ्यो । सोमबार रविले लामासंग राखेपमा तीन घन्टा गोप्य मन्त्रणा गरेका थिए । त्यो मन्त्रणा एनओसीको विवाद समाधान गर्न थियो कि अन्य कारणले– चर्चा–परिचर्चा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको