बालुवाटार जग्गा प्रकरणः अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात थुनामा

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त बस्न्यातलाई विशेष अदालतले फैसला नआएसम्म थुनामै राख्न आदेश दिएको हो ।
२९ मंसिर २०७७, सोमबार ०७:५९ मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई विशेष अदालतले थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त बस्न्यातलाई विशेष अदालतले फैसला नआएसम्म थुनामै राख्न आदेश दिएको हो ।

अदालतको आदेशपछि बस्न्यातलाई हिजो आइतवार नै डिल्लीबजार कारागार लगिएको छ । बस्न्यातले भौतिक योजना निर्माण मन्त्रालयको सचिव हुँदा गरेको निर्णयमा भ्रष्टाचार भएको ठहर सहित अख्तियारले गत वर्षको माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

मुद्दा दर्ता भएको १० महिनापछि बस्नेत बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए । उनीमाथि ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई