पत्रकार विकासलाई सफाई

१३ भाद्र २०६९, बुधबार ०८:१२ मा प्रकाशित

काठमाडौं, १३ भदौ । अश्लील इमेल पठाएर सहकर्मी महिलालाई दुव्र्यवहार गरेको झुठो आरोपमा मुद्दा खेपिरहेका पत्रकार विकास थापाले अदालतबाट सफाई पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले हिजो मंगलबार आरोप प्रमाण्ँित नभएको फैसला सुनाउंदै थापालाई सफाइ दिएको हो ।
जलश्रोत बिटमा कलम चलाउने सशक्त पत्रकार थापाविरुद्ध गाली बेइज्जति ऐन र विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दायर गरिएको थियो । न्यायपरिषदका सचिव जीवनहरि अधिकारीले विकासको मुद्दामा विशेष चलखेल गरेको चर्चा यस मुद्दामाथि चासो राख्ने एक तप्काबीच चल्दै आएको थियो भने अधिकारीले पदीय ओहदाको दुरुपयोग गर्दै तत्कालीन जिल्ला र पुनरावेदन अदालतका न्यायाधीशहरुलाई ‘विकासलाई जसरी पनि सजाय दिलाउने निर्णय गर्न’ दबाव दिएका थिए भन्ने दाबीसमेत कतिपयले गर्दैआएका छन् । स्मरण रहोस्, न्यायपरिषदका सचिव अधिकारी मुद्दा दर्ताको समयमा पत्रकार विकासले काम गरेका कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्माका मामा नाताका हुन् । सर्वोच्चको आदेशले रिहा हुनुअघि विद्युतीय कारोबार ऐनअन्तर्गत उनी साढे ३ महिना पुर्पक्षका लागि जेलसमेत बसेका थिए ।
विकासले सफाई पाएपछि झुठा आरोप लगाउने मैना धितालमाथि कस्तो कारबाही हुने हो सो भने अदालतको फैसलामा स्पष्ट पारिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार