प्रचण्डले हटाउलान् त नारायणकाजीलाई ?

१३ भाद्र २०६९, बुधबार ०७:५८ मा प्रकाशित

काठमाडौं, १३ भदौ । परिस्थिति र आवश्यकताअनुसार ‘खेल्न सक्ने’ चतुर नेताको छवि बनाउनुभएका एमाओवादी अध्यक्ष प्रचण्ड कसरीसम्म खेल्नुहुन्छ भन्ने कुराको अर्को एउटा उदाहरण देखिएको छ । छिमेकी मित्रराष्ट्र भारतको विश्वासप्राप्त गर्न उहां विगत दुई वर्षदेखि निकै सङ्घर्षरत हुनुहुन्छ र उहांको प्रयासले केही सकारात्मक प्रभाव पनि पारेको बताइन्छ । त्यसरी छिमेकी राष्ट्रको विश्वास आर्जन गर्न प्रयास गरिरहंदा पनि प्रचण्डले खेल खेल्न भने छोड्नुभएन । माओवादीको सातौं विस्तारित बैठकमा नारायणकाजी श्रेष्ठलाई उचालेर प्रचण्डले बिप्पा सम्झौताको विरोध गर्न लगाउनुभएको खुलासा भएको छ । परराष्ट्रमन्त्री नारायणकाजी बाबुराम भट्टराईलाई आफ्नो प्रतिद्वन्द्वी ठान्नुहुन्छ । तर, पार्टी अध्यक्षको अनुमति नलिईकन भट्टराईको विरोध गर्ने हिम्मत भने राख्नुहुन्न । सातौं विस्तारित बैठकमा आफू परराष्ट्रमन्त्रीको भूमिकामा छु भन्ने कुरासमेत बिर्सिएर
नारायणकाजीले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ‘एक्स्पोज’ गर्न बिप्पा सम्झौता राष्ट्रघाती भएको भन्दै विरोध गर्नुभयो । जसका कारण पार्टीको महत्वपूर्ण बैठकमा डा. बाबुराम भट्टराई प्रतिरक्षात्मक स्थितिमा पुग्नुप¥यो । नारायणकाजीलाई बिप्पाको कुरा उठाएर भट्टराईको तेजोबध गर्न प्रचण्डले नै निर्देशन दिएको उहांका निकटवर्तीहरूले जनाएका छन् । नारायणकाजीलाई बिप्पाको विरोध गर्न प्रचण्डले लगाएको भित्रभित्रै खुलासा भएपछि प्रचण्डले आत्मरक्षाका निम्ति अचेल अर्को खेल सुरु गर्नुभएको छ । प्रचण्डले यतिबेला ‘नारायणकाजी श्रेष्ठलाई हटाउने सोचमा रहेको’ सन्देश नयांदिल्लीलाई दिने प्रयास गरिरहनुभएको छ । भारतीय कूटनयिक मात्र नभई भारतनिकटको भनी चिनिएका कुनै पनि व्यक्तिसंगको भेटमा प्रचण्डले आफू नारायणकाजीलाई हटाउने निष्कर्षमा पुगेको बताउने गर्नुभएको छ । नारायणकाजीलाई आफैंले उचालेर बिप्पाको विरोध गर्न लगाएको तथ्य खुल्दै गएपछि प्रचण्ड यसरी नारायणकाजीलाई हटाउने कुरा गर्न बाध्य हुनुभएको हो । उहांले काजीलाई हटाउने कुरा गरे पनि पार्टीबाटै भनिएको हो या मन्त्रिमण्डलबाट सो भने स्पष्ट गर्नुभएको छैन । बाबुरामविरुद्धको कार्डका रूपमा प्रयोग गर्ने उद्देश्यले नै भारी महत्व दिंदै हतार–हतार माओवादीमा भित्रयाइएका नारायणकाजी श्रेष्ठलाई प्रचण्डले कहींबाट पनि निकाल्ने सम्भावना न्यून छ, तर नारायणकाजीप्रति असन्तुष्ट रहेको सन्देश मात्र दिनसक्दा पनि त्यसले आफ्नो आत्मरक्षामा सहयोग पु¥याउने आशा प्रचण्डमा रहेको देखिन्छ । त्यसैले उहांले मित्रराष्ट्र भारतसंग समीप रहेको भन्ने ठानिएका हरेकसंग ‘नारायणकाजीलाई हटाइदिन्छु’ भन्ने गर्नुभएको छ । एकातिर आफैंले बिप्पाको विरोध गर्न लगाई प्रधानमन्त्री भट्टराईलाई रक्षात्मक तुल्याउने र अर्कोतिर त्यसरी बिप्पाको विरोध गर्नेलाई आफूले हटाइदिने योजना बनाएको सन्देश दिएर ‘साखुल्ले’ बन्न प्रचण्डले गर्नुभएको प्रयास भने यसपटक रामै्रसंग ‘एक्स्पोज’ भएको छ । अब आफ्नो रक्षाका निम्ति प्रचण्डले के गर्नुहुने हो त्यसैको प्रतीक्षा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज (बिहीबार) बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी परिणाम आइसकेको छ