रुद्रपुर गाविसमा अनिश्चतकालिन तालाबन्दी

१३ भाद्र २०६९, बुधबार ०७:४५ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही १३ भदौ । नेकपा एकीकृतसहित छ दलले रुद्रपुर गाविसमा
अनिश्चतकालिन तालाबन्दी गरिएको छ । दुई वर्ष अघि सरुवा भई गएका गाविस
सचिव रामजी गौतमलाई पुनः गाविसमा ल्याइएको विरोधमा तालाबन्दी गरिएको हो
।नेकपा एकीकृत रुद्रपुर गाउं समितिका सचिव यमबहादुर क्षेत्रीको
अध्यक्षतामा बसेको सर्वदलिय बैठकले गाविसमा तालाबन्दी गर्ने निर्णय गरे
अनुसार ताला लगाइएको एकीकृतका नेता देविराम रेग्मीले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका खड्कबहादुर पुन,नेकपा माओवादीका महेश
दाहाल,राष्ट्रिय जनमोर्चाका खिलनाथ पौडेल,नेपाल मजदुर किसान पार्टीका
जगिलाल थापा र राष्ट्रिय जनमुक्ति पार्टीका भैरब थापा सहभागी रहनु भएको
रेग्मीले बताउंनु भयो । बैठकले भोली जिल्ला विकास समिति,रुपन्देहीका
स्थानीय विकास अधिकारी नारायण ज्ञवालीलाई भेटेर गाविसमा तालाबन्दी गरिएको
बारे जानकारी गराउंने निर्णय भएको रेग्मीले जानकारी दिनुभयो । दुई वर्ष
अघि गाविसमा कार्यरत रहदा गौतमले गाविसको हिसाव–किताव चुस्त दुरुस्त
नराखेको र पुनः गौतमलाई एमालेले ल्याएको भन्दैं विरोध गरिएको दलहरुको
भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा