सिरियाको इडलिब नजिकै २३ जनाको शव प्राप्त

३ चैत्र २०६८, शुक्रबार ०६:४१ मा प्रकाशित

काठमाडौ, ३ चैत । सिरियाको उत्तर–पश्चिमी भागमा रहेको इडलिब सहरनजिकै २३ व्यक्तिको यातना दिई मारिएको शव फेला परेको उल्लेख गर्दै उनिहरुलाई सुरक्षा सेनाले यसै साताको आरम्भमा अपहरण गरेको आरोप मानव अधिकार अनुगमन समूहले लगाएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले एक विज्ञप्ति प्रकाशन गरी यी व्यक्तिको शव मजरात वादी खालेदनजिकै फेला परेको उल्लेख गरेको छ ।
बेलायतमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले यी व्यक्तिहरूको आँखामा पट्टी बाँधिएको र उनीहरूमाथि गोली प्रहार गरेको देखिएको उल्लेख गरेको छ ।
यस संस्थाले सुरक्षा सेनाले इडलिबमा बिहीबार पाँच व्यक्तिको हत्या गरेको आरोप लगाएको छ । बुधबार सिरियामा हिंसात्मक सङ्घर्षमा ३७ व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा