फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या

२६ मंसिर २०७७, शुक्रबार ०८:२० मा प्रकाशित

सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आएको छ । फेसबुक र इन्स्टाग्रामको च्याटमा समस्या देखिएपछि प्रयोगकर्ताहरुले गुनासो गरेका हुन । बिहीबार विहानैदेखि समस्या सुरु भएको संसारभरका प्रयोगकर्ताहरुले गुनासो गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन ।

डाउन डिरेक्टर नामक बेवसाइटले गत २४ घण्टादेखि फेसबुक र इन्स्टाग्रामको म्यासेन्जरमा समस्या रहेको दावी गरेको छ । उसका अनुसार सबैभन्दा धेरै म्यासेन्जर रिसिभिङमा समस्या देखिएको छ । कनेक्टिङ सर्भरमा पनि समस्या आएको छ । मेजेन्सरमा ५१ प्रतिशत म्यासेज रिसिभमा, ३१ प्रतिशत कनेक्टिङ सर्भर र १७ प्रतिशत लगइनमा समस्या देखिएको हो । यसअघि एघार, बा¥ह र वीस नोभेम्बरमा पनि लगातार म्यासेन्जरमा समस्या आएको थियो ।

त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ । इन्स्टाग्रामको न्युज फिडमा ५८ प्रतिशत, स्टोरीमा २२ प्रतिशत र पोस्टिङमा १८ प्रतिशत समस्या देखिएको छ । यस्तो समस्याको गुनासो युरोप र एसियाली मुलुकका प्रयोगकर्ताले बढी गरेका छन । अष्ट्रेलिया, भारत, कोरिया लगायत देशमा पनि समस्या देखिएको छ । इन्स्टाग्राममा यसअघि डिसेम्बर चार, सात र आठमा पनि समस्या देखिएको छ । समस्याका बारेमा दुबै सामाजिक सञ्जालले कुनै प्रतिक्रिया दिएका छैनन ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ