राजदूतले किन दिए उजुरी ?

१३ भाद्र २०६९, बुधबार ०७:०७ मा प्रकाशित

कठमाडौं, १३ भदौ । आफूलाई पत्रकार दाबी गर्ने एक व्यक्तिले अनलाइन पत्रिकामा जथाभावी लेखेर सार्वजनिक गर्न थालेपछि फ्रान्सस्थित नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले पे्रस काउन्सिल नेपालमा उजुरी दिनुभएको बुझिएको छ । राजदूत श्रेष्ठले पे्रस काउन्सिलमा दिनुभएको उजुरीअनुसार त्यसरी नेपाली राजदूत र राजदूतावासलाई बद्नाम गर्न नियोजित रूपमा सक्रिय व्यक्ति ददि सापकोटा हुन् र उनी केही वर्षअघि शरणार्थी बनेर पेरिस प्रवेश गरेका थिए । पे्रस काउन्सिल सूत्रबाट प्राप्त जानकारीअनुसार काउन्सिलमा दिएको उजुरीमा लेखिएको छ, ‘ददिराम सापकोटाले अनलाइन ब्लग चलाइराखेको र निजले गत वर्षको अगस्टदेखि राजदूतावास तथा दूतावास परिवारबाट सम्पादन भइआएका कामकारबाही तथा सामाजिक क्रियाकलापहरूका सम्बन्धमा अवाञ्छित प्रचारबाजी गरिराखेका छन् ।’ ‘निजले आफू र आफ्नी पत्नीको तस्बिरहरू बिनाइजाजत ब्लगमा राखेको, राजदूतावास र नियोगको छापसमेत भएको पत्र पनि बिनाइजाजत ब्लगमा राखी नियोगप्रमुख तथा परिवारका सदस्यको चरित्रहत्या गरी कुत्सित मनसायले अभियान नै चलाएकोले निजलाई आवश्यक कारबाही गरिपाऊं,’ उजुरीमा भनिएको छ ।
नेपालस्थित परराष्ट्र मन्त्रालय सूत्रले जनाएअनुसार ददि सापकोटा नामक व्यक्ति फ्रान्सस्थित नेपाली राजदूतावास र राजदूत मोहनकृष्ण श्रेष्ठविरुद्ध विगत डेढ वर्षदेखि नै आश्चर्यजनक ढङ्गले सक्रिय रहिआएका छन् । राजदूतका रूपमा श्रेष्ठ फ्रान्स पुगेदेखि नै राजदूतावासविरुद्ध ददि सक्रिय हुनुका पछाडि गम्भीर कारण भएको परराष्ट्रका अधिकारीहरूले पत्ता लगाएका छन् । जानकारीअनुसार मोहनकृष्ण राजदूत भएर जानुअघि त्यहां कार्यवाहक राजदूतका रूपमा जीवनप्रकाश श्रेष्ठ काम गर्दै थिए र जीवनसंग ददिको विशेष सम्बन्ध थियो । पेरिसमा रहेका बंगलादेशी नागरिकलाई नेपाली पासपोर्ट उपलब्ध गराउने धन्दा ददि र जीवनको टोलीले गर्ने गरेको सूचना परराष्ट्र मन्त्रालयको उच्च तहमा आइपुगेको छ । ददि सापकोटाले बंगलादेशी नागरिक खोज्ने र जीवनप्रकाशले प्रतिव्यक्ति रु. दश लाखसम्म लिई नेपाली पासपोर्ट उपलब्ध गराउने, त्यसबापत प्राप्त रकम जीवन र ददिले बांडचुंड गरी लिने गरेको जानकारी परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पाएका छन् । यस किसिमको धन्दाबाट जीवन र ददिको टोलीले लाखौं आम्दानी गर्ने गरेको, तर मोहनकृष्ण श्रेष्ठ राजदूत भएर गएपछि उक्त धन्दा बन्द भएकोले उनीहरू छटपटिएको बताइन्छ । ददिको प्रचार सामग्री मोहनकृष्ण श्रेष्ठलाई फ्रान्सबाट खेद्ने अभिप्रायबाट पे्ररित रहनुले पनि दालमा केही कालो भएको सङ्केत गर्दछ । गत महिना पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र फ्रान्स भ्रमणमा जानुहुंदा राजदूत मोहनकृष्ण श्रेष्ठ ग्रिसका राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पे्रस गर्न १८ जुलाईका दिन एथेन्सतर्फ जानुभएको थियो । राजदूत श्रेष्ठ फ्रान्समै नभएको तथ्य जाहेर हुंदाहुंदै पनि ददि सापकोटाले आफ्नो ब्लगमा राजाको स्वागत गर्न राजदूत श्रेष्ठ पेरिसको चाल्से डे गल एयरपोर्टमा गएको भनी लेखेका थिए । सापकोटाबाट यसप्रकारको प्रचार हुनुका पछाडि राजदूत श्रेष्ठलाई बर्बाद नै गर्ने नियत रहेको बुझिन्छ । यसबाट सापकोटा राजदूतप्रति कतिसम्म पूर्वाग्रह राख्छन् र उनी राजदूतविरुद्ध नियतबस दुष्प्रचारमा जुटेका छन् भन्ने स्पष्ट भएको छ । स्मरणीय छ, ददि सापकोटा र जीवनप्रकाश श्रेष्ठबीचको ‘घनिष्टता’ भने अहिले पनि कायम छ । राजदूत श्रेष्ठले ददि सापकोटामाथि कारबाहीको माग गर्दै दिएको उजुरीमा प्रेस काउन्सिलले कसरी कारबाही गर्न सक्ला, यो प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न