कति छ सगरमाथाको नयाँ उचाइ ? आज घोषणा हुँदै

२३ मंसिर २०७७, मंगलवार ०८:३१ मा प्रकाशित

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज घोषणा हुँदै छ । आज विशेष समारोहकाबीच सगरमाथाको नयाँ मापन गरिएको उचाइ घोषणा गरिने नापी विभागले जानकारी दिएको छ । यही मङ्सिर १० गतेको मन्त्रिपरिषद् बैठकले नयाँ उचाइ घोषणाको स्वीकृति दिएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

नेपालले आफ्नै स्रोत–साधनबाट दुई वर्ष अघिदेखि सुरु गरेको उचाइ मापनको परिणाम सार्वजनिक गर्ने क्रममा भने चीन जोडिएको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै मुलुकमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । नेपालले आफ्नै स्रोत र साधनमा पहिलोपटक सगरमाथाको उचाइ मापन गरेको हो ।

हालसम्म कायम रहेको सगरमाथाको ८ हजार ८ सय ४८ मिटर उचाइ सन् १९५४ मा भारतले मापन गरेको थियो । यसलाई नै नेपालले आधिकारिक मान्यता दिँदै आएको छ ।

सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । अमेरिकाले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ५ सय ५० निस्किएको थियो भने चीनले गरेको मापनमा ८ हजार ८ सय ४४ मिटर निस्किएको थियो ।

वि.स. २०७२ को महा भूकम्प पछि सगरमाथाको उचाइमा परिवर्तन आएको नापी विभागको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका