चीनमा हिसिलाले गरिन् नेपालीको बेइज्जती

१३ भाद्र २०६९, बुधबार ०६:४१ मा प्रकाशित


काठमाडौं, १३ भदौ । पत्रकारहरूको नेतृत्व गर्दै चीन भ्रमणमा जानुभएकी प्रधानमन्त्रीपत्नी हिसिला यमीको प्रस्तावलाई चिनियां अधिकारीहरूले अस्वीकार गरेको समाचार प्राप्त भएको छ । पत्रकार बनेर चीन जानुभएकी यमीले चिनियां अधिकारीहरूसंग आफ्ना पति प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चीन भ्रमणको निमन्त्रणा दिन प्रस्ताव गर्नुभएको थियो । चिनियां अधिकारीहरूले हिसिलाको प्रस्तावलाई सीधै अस्वीकार त गरेनन् तर स्वीकार पनि गरेनन् । चीनको माथिल्लो सदनको उपाध्यक्ष चेङ सुचेन र उपमन्त्री आइपिङलगायतका नेताहरूसंगको भेटमा हिसिलाले त्यस किसिमको प्रस्ताव राख्नुभएको थियो । उनीहरूले आगामी अक्टोबरसम्ममा चिनियां नेतृत्वमा फेरबदल हुनसक्ने भएकाले भ्रमणका लागि अहिले उपयुक्त समय नभएको जवाफ हिसिलालाई दिएका थिए । यसरी कूटनीतिक जवाफ दिएर चिनियां अधिकारीहरूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई चीन भ्रमणको निम्ता दिने कुरा अस्वीकार गरेका थिए ।
चिनियां नेता तथा अन्य अधिकारीहरूसंगको भेटमा हिसिला यमीले आफ्ना पति प्रधानमन्त्री गाउं–गाउंमा गएर जनताको समस्या बुझ्ने काम गरेको बतानुभएको थियो । उहांले ‘हेलो नेपाल’ भन्ने कार्यक्रम चलाएको जानकारी गराउंदा अन्य सहभागीले हेलो नेपाल टेलिफोन कम्पनीको नाम हो, हेलो सरकारचाहिं कार्यक्रम हो भनेपछि उहांले त्यसलाई सच्याउनुभएको थियो । भेटवार्ताका क्रममा हिसिलाले तीन ठाउंमा भारत र चीनबीच राम्रो सम्बन्ध हुनुपर्ने बताउंदा सहभागीहरूले इशारा गरेपछि जिब्रो टोक्दै नेपाल र
चाइनाबीच राम्रो सम्बन्ध हुनुपर्ने भनी सच्याउनुभएको थियो । हिसिलाले चिनियां माथिल्लो सदनको उपाध्यक्ष सुचेनलाई चांदीको करुवा उपहार दिन खोज्दा उनले अस्वीकार गरेका थिए, पछि सुचेनको गाडीमा उक्त उपहार पठाइएको थियो ।
नेपाली टोलीको स्वागत गर्न चिनियां अधिकारी तथा चीनका लागि नेपाल राजदूत डा. महेश मास्के बेइजिङस्थित विमानस्थलमा पुगेका थिए । राजदूत मास्केले हिसिलालाई विमानबाट उत्रनेबित्तिकै अपहरणको शैलीमा आफ्नो गाडीमा राखेर हुइंकिएपछि नेपाली टोली र चिनियां अधिकारीहरू आश्चर्यचकित भएका थिए । भ्रमण टोलीमा संलग्न गोरखापत्रका सम्पादक सीताराम अग्रहरिले आयोजित दिवा तथा रात्रिभोजहरूमा ठूलोठूलो स्वरमा डकारेपछि त्यहां उपस्थित चिनियां तथा नेपालीले अप्ठ्यारो मानेका थिए ।
हिसिला यमी नेपाली पत्रकारको नेतृत्व गरी गत साउन ३२ गते चीन पुगी भदौ १२ गते स्वदेश फर्कनुभएको छ । उहांको भ्रमण दलमा पत्रकारहरू अजयभद्र खनाल, श्रीधर आचार्य, किरणप्रभा तुलाधर, किशोर श्रेष्ठ, राजु सिलवाल, अजय राणा र वसन्तप्रकाश उपाध्यायलगायत चौधजना हुनुहुन्थ्यो । भ्रमण दलमा सहभागी पत्रकारले भ्रमणका क्रममा हिसिला यमीसहित केहीको व्यवहारका कारण आफूहरूको बेइज्जती भएको महसुस गरेका छन् । पत्रकारहरू तीर्थ कोइराला, महेन्द्र विष्ट, अखिलेश उपाध्यक्ष र सुधीर शर्मालगायतले हिसिलाको नेतृत्वमा भ्रमण गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै आफूहरू भ्रमणमा नजाने जानकारी काठमाडौंस्थित चिनियां राजदूतावासलाई गराएपछि ती पत्रकारका ठाउंमा अन्य पत्रकारलाई सामेल गराई भ्रमण टोलीलाई पूर्णता दिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल