एनआरएनको सातौं क्षत्रिय सम्मेलन भोलीदेखि सिड्नीमा

१३ भाद्र २०६९, बुधबार ०६:२० मा प्रकाशित

काठमाडौं, १३ भदौ । आप्रवासी नेपालीहरुको सातौं क्षेत्रीय सम्मेलन अष्ट्रेलियाको सिड्नीमा भोली बिहिबारदेखि सुरु हुदैछ । तीन दिनसम्म चल्ने सम्मेलनको सबै तयारी पुरा भएको बताइएको छ । प्रत्येक दुईबर्षमा भिन्न भिन्न देशहरुमा हुने क्षेत्रीय सम्मेलनबाट एनआरएनले बिभिन्न नयाँ योजनाहरुको बारेमा छलफल, सञ्चालनमा रहेका योजनाहरुको पुनर्मुल्यांकन गर्नुका साथै एनआरएनको बिभिन्न गतिविधीहरुको समिक्षा गर्ने गर्दछ ।

यसबर्ष सिड्नीमा हुने क्षेत्रीय सम्मेलनमा एनआरएनले अघि ल्याएको सामुहिक लगानीको बिषयले प्रमुखता पाउने भएको छ । त्यसबाहेक खुल्ला बिश्वबिद्यालय, दोहोरो नागरिकता र बिज्ञान तथा प्रविधि क्षेत्रमा एनआरएनले गर्न सक्ने कार्यहरुका बारेमा बिस्तृत छलफल गरिने भएको छ । बिभिन्न ६२ देशका एनआरएन प्रतिनिधीहरुले भाग लिने यो सम्मेलनमा नेपाल तथा अष्ट्रेलियाका उच्च तहका सरकारी अधिकारीहरुको समेत सहभागिता हुने भएको छ । अष्ट्रेलियाबाट अध्यागमन तथा नागरिकता मन्त्री क्रिश बाउन, सासद प्रतिनिधी डा जेफ ली लगायतका उच्च अधिकारीहरुले सम्मेलनमा सहभागिता जनाउंदैछन । नेपालबाट शिक्षा मन्त्री दीनानाथ शर्मा, गभर्नर युवराज खतिवडा, उद्योगमन्त्री अनिल झा, उद्योग बाणिज्य महासाघबाट कुशकुमार जोशी लगायतको टोलीले पनि सम्मेलनमा भाग लिदैछ । कार्यक्रममा एनआरएनका पुर्व अध्यक्षहरु, वर्तमान अध्यक्षका साथै सबै तहका प्रतिनिधीहरुले समेत भाग लिदैछन् ।

एनआरएन ओसियाना संयोजक तथा सम्मेलन आयोजक समितिका संयोजक मन केसीका अनुसार सम्मेलनमा नेपालमा सामुहिक लगानी गर्दा हुने अवसर र चुनौतीका बारेमा सम्मेलनका क्रममा बिस्तृत छलफल गर्नुका साथै नेपाल सरकारले लगानीको चरणमा गर्न सक्ने सहयोग र सहकार्यका बारेमा समेत छलफल गरिनेछ । यसबाहेक सामुहिक लगानी अन्तरगत बिशेष गरेर कुन कुन क्षेत्रमा लगानीको वातावरण सहज हुनसक्छ भन्ने बारेमा समेत छलफल हुनेछ । यसबर्षको सम्मेलनबाट एनआरएनले लगानीको अन्य थप सम्भावना भएका क्षेत्रहरुको समेत खोजी गर्ने भएको छ भने प्रस्ताव गरिएका क्षेत्रहरुमा तत्काल गर्न सकिने कार्यहरुको बारेमा समेत कार्यपत्रहरु प्रस्तुत गरिने भएको छ ।

यसैगरी एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीका अनुसार सम्मेलनबाट नेपालमा अष्ट्रेलियाबाट हुन सक्ने सहयोगका बारेमा समेत छलफल हुनेछ । सम्मेलनले नेपालको लगानी र बिकासको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस