डेनमार्कको कोपेनहेगेनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१३ भाद्र २०६९, बुधबार ०१:५९ मा प्रकाशित

कृष्ण पौडेल, कोपेनहेगेन । यही अगष्ट २७ मा डेनमार्कको कोपेनहेगेनमा नेपाली राजनैतिक पार्टीहरु भित्रको प्रजातान्त्रिक अभ्यास र संस्कृति सम्बन्धमा डेनमार्कस्थित विभिन्न संस्थाहरु र डेनिस इन्स्टिच्यूड फर पार्टी एण्ड डेमोक्रेसी (डिआइपिडि) बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल लोकतान्त्रिक मञ्च डेनमार्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डिआइपिडिका डाईरेक्टर बोन फोडले नेपाल लगायत विकासोन्मुख मुलुकहरुका राजनैतिक पार्टीहरुको सशक्तिकरण र प्रजातान्त्रिक संस्कृतिको विकासमा हुने डेनिस राजनैतिक पार्टीहरुको सहयोग सम्बन्धमा प्रकास पार्नु भएको थियो भने डिआइपिडिकै कार्यक्रम अधिकुत करिना पुजले नेपालमा संचालित कार्यक्रमबारे जानकारी गराउनु भएको थियो ।

नेपाल लोकतान्त्रिक मंच डेनमार्कका अध्यक्ष कृष्ण पौडेल र जनसम्पर्क समितिका अध्यक्ष यामलाल सुवेदीले क्रमश नेकपा एमाले र नेपाली कांग्रेसको सन्दर्भमा पार्टिको प्रजातान्त्रिक संस्कृति र चुनातीहरुबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा एनडिएफ, एनपिपिएफ तथा जनसम्पर्क समितिका प्रतिनिधि तथा कार्यकर्ताहरु लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण एनडिएफका सचिव जयलाल न्यौपानेले गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत