राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै प्रधानमन्त्रीको गृह जिल्लामा विशाल प्रदर्शन

प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा पुगेका थिए
२१ मंसिर २०७७, आईतवार ०९:०२ मा प्रकाशित

विर्तामोड । राजसंस्था तथा हिन्दुराष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा झापामा हिजो शनिवार विशाल प्रदर्शन भएको छ । राप्रपाले संघीयता खारेजीको पनि माग गर्दै प्रधानमन्त्री केपी शर्माको गृह जिल्लामा प्रदर्शन गरेको हो । प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा पुगेका थिए ।

दिउँसो साढे दुई बजे काँकरभिट्टाबाट एकीकृत -याली प्रारम्भ भएको थियो । राप्रपाले मोटर तथा मोटरसाइक -यालीको आयोजना गरेर प्रदर्शन गरेको हो । ¥यालीमा सयौंले सहभागिता जनाएका थिए । ¥यालीपछि बिर्तामोडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेता राजेन्द्र लिङदेन लगायतले राजसंस्था र हिन्दूराष्ट्र मुलुकको आवश्यकता भएको बताए ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न -यालीको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई