चन्द्रमामा झण्डा फहराउने दोस्रो राष्ट्र बन्यो चीन

२० मंसिर २०७७, शनिबार ०९:०७ मा प्रकाशित

काठमाडौँ । चीनले चन्द्रमामा आफ्नो झण्डा फहराएको छ । चन्द्रमामा झण्डा पहराउने चीन दोस्रो राष्ट्र बनेको छ । ५० वर्ष अघि अमेरिकाले पहिलोपटक आफ्नो झण्डा चन्द्रमामा फहराएको थियो ।

चन्द्रमाको सतहमा रातो पृष्ठभूमिमा पाँच तारा युक्त चीनको झण्डा देखिएको तस्बिर चीनको राष्ट्रिय अन्तररिक्षा एजेन्सीले सार्वजनिक गरेको हो ।

च्याङ्ग’इ–५ अन्तरिक्षा यानमा रहेको क्यामराले सो तस्बिर लिएको हो । चन्द्र सतहबाट माटो र ढुंगा लिएर सो यान बिहीबार बाहिरिएको छ ।

अमेरिकाले सन् १९६९ मा एपोलो ११ अन्तरिक्ष अभियान मार्फत चन्द्रमामा पहिलो पटक आफ्नो झण्डा गाडेको थियो। त्यसपछि सन् १९७२ सम्ममा उसले थप पाँच झण्डा चन्द्रमामा राख्न सफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र