शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी लिई सो अनुरोध गरेकी हुन् ।
२० मंसिर २०७७, शनिबार ०९:०५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र शिक्षासचिव गोपीनाथ मैनालीसँग चालु आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका शिक्षासम्बन्धी विषयको कार्यान्वयनका अवस्थाका बारेमा जानकारी लिई सो अनुरोध गरेकी हुन् ।

सो अवसरमा शिक्षामन्त्री पोखरेलले शिक्षाका नीतिगत विषय र भावी दिनमा शिक्षालाई नागरिकको ज्ञान, सीप र चरित्र निर्माणका दिशातर्फ अभिमुख गराउन आवश्यक रहेको बताएका थिए।

सचिव मैनालीले नीति तथा कार्यक्रममा उल्लिखित मूलभूत विषय र हाल सञ्चालन भइरहेको वैकल्पिक प्रणालीको सिकाइ कार्यक्रमलगायत विषयमा प्रकाश पारेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ: भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५९ औँ समूहको अधिकृत क्याडेट र २७ औँ समूहको प्राविधिक अधिकृत आधार तालीम

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौँ: नेपालको आफ्नै भूउपग्रह राख्न आवश्यक अध्ययनका लागि चार कम्पनीले प्रस्ताव गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले गत मङ्सिरमा पुरानो

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको