पाकिस्तानी प्रधानमन्त्री स्विजरल्यान्डलाई चिठि नलेख्ने

३ चैत्र २०६८, शुक्रबार ०६:३८ मा प्रकाशित

काठमाडौ, ३ चैत । पाकिस्तानी समस्याग्रस्त प्रधानमन्त्री युसुफ रजा गिलानीले आफूले स्विजरल्यान्डलाई राष्ट्रपतिलाई असिफ अली जर्दारीविरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गर्न चिठी लेख्न भन्दा कारागार जान तयार रहेको बताएका छन । प्रधानमन्त्री गिलानीको यस भनाइबाट उनले आफ्नो पद त्याग गर्ने अनुमान बढेको छ । पाकिस्तानमा न्यायापालिका तथा कार्यपालिकाबीच हाल सङ्घर्ष देखिएको छ र यस विषयमा प्रधानमन्त्रीमाथि सर्वोच्च अदालतको मानहानिको मुद्दा चलेको छ ।
प्रधानमन्त्री गिलानी सधैँ राष्ट्रपतिमाथि मुद्दा चल्न नसक्ने अडानमा रहेका छन । उनले आफूमाथिको मुद्दा राजनीतिक रूपमा अभिप्रेरित रहेको बताएका छन । गिलानीले पञ्जाव प्रान्तमा विद्या वारिधिका विद्यार्थीहरूलाई आफूले यस्तो चिठ्ठी लेखे संविधानको उल्लङ्घन हुने र देशद्रोह हुने र त्यसका लागि मृत्युदण्ड हुन सक्ने जानकारी दिएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट

पेरिस । अमेरिकी औषधि उत्पादक कम्पनी मोडर्नाले सन् २०२२ मा कोभिड–१९ विरुद्धको तीन अर्ब डोज खोप उत्पादन गर्ने बिहीबार घोषणा