३ सय भन्दा वढी मदरसाहरु मध्ये १८७ वटा मात्र दर्ता

१३ भाद्र २०६९, बुधबार ०१:५६ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, भाद्र १३ । कपिलवस्तुमा सञ्चालित कुल ३ सय भन्दा वढी मदरसाहरुमा १८७ वटा मात्र जिल्ला शिक्षाकार्यालय कपिलवस्तुमा दर्ता भएका छन । कुल मदरसाहरु मध्ये १३५ वटा मदरसाहरुकुनै माध्यमवाट सहयोग लिईरहेको र ५२ वटा विद्यालयको रुपमा जिल्ला शिक्षाकार्यालयमा दर्ता रहेको वताईएको छ । यस्तो कुरा पकडी सामुदायिक अध्ययनकेन्द्रमा सम्पन्न मदरसा मुल प्रवाहीकरण तथा व्यवस्थापन सम्वन्धि १ दिनेअन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको हो । अधिकाम्स मदरसाहरु समयमा फारमनपठाउने लगायतका कारणहरु दर्ता हुन नसकेको कार्यक्रममा वोल्नेवक्ताहरुकोभनाई थियो । त्यस्तै जिल्ला शिक्षा कार्यालयमा मुस्लिमहरुको लागि छुट्टैमदरसा शाखा खोल्नुपर्ने , मदरसा वोर्ड राख्नुपर्ने लगायतका कुराहरुमा जोडदिएका थिए । त्यस्तै व्यक्तिगत नाममा रहेका खातालाई परिवर्तन गरी अनिवार्यचल्ती खाता सुचारु हुनुपर्ने , विद्यालय व्यवस्थापन समिती गठन गरी निर्णय सहितशिक्षा कार्यालयमा गठन गर्नुपर्ने लगायतका कुराहरु माथि जिल्ला शिक्षा कार्यालयका उपसचिव सुर्य भुषालले प्रकाश पार्नुभएको थियो । मुस्लिम जागरुक मञ्चका अध्यक्षअब्दुल सत्तार खांनको अध्यक्षता,सिद्धार्थ सामाजिक विकास केन्द्रका कोषाध्यक्षत्रिलोचन घिमिरेको प्रमुख आतिथ्यता , जिल्ला शिक्षा कार्यालयका उप सचिव सुर्यभुषालको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिक्षा नियमावली , मदरसा निती नियम माथि छलफल गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धनकुटामा ‘क्लिन स्वीप’ गरेको थियो । तीन नगरपालिकासहित ७ पालिका रहेको धनकुटामा

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना भइरहँदा हालसम्म तीन दलले एक सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्ष आफ्नो पोल्टामा पार्न

रुपन्देही । स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम आइरहेको छ । यसै क्रममा लुम्बिनीका १०९ मध्ये ८१ स्थानीय तहको नतिजा

ललितपुर । ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।