हाम्रो देशमा पनि धार्मिक शिक्षाको प्रतियोगिता होस्

धर्म भनेको धारण गर्नुु हो । स्वतन्त्र रुपले जो कहिल्यै बदलिदैन । जुुन प्राकृतिक रुपले जन्मदेखि हामी लिएर आएको छौँ असलमा त्यही धर्म हो । जस्तै यो स्वास, यो हावा, यो सूर्य जे भए पनि आफ्नो नित्य दिनको कर्म आफ्नो छोड्दैनौ त्यही धर्म हो ।
१८ मंसिर २०७७, बिहीबार १०:२४ मा प्रकाशित

म हिन्दु हुँ ! म मुुस्लिम हुँ ! म बौद्धमार्गी हुँ ! म इसाइ हुँ ! म सिख हुँ ! यस्तै–यस्तै धर्मका सीमित नामाङ्कित परिभाषा मानिसहरुले गरिरहेको म सुुन्छुु । जब सीमित मानसिक सोच भएको मानिसहरुको कुुरा गरेको सुन्छु अनि उनीहरुलाई म खुुब नियाल्छु । एकछिन त म आफ्नो मस्तिष्कलाई भ्याए जति दबाब दिन्छु र सोच्दछु के फरक छ यो धर्मझन्डुवाहरुमा ! सब काट्ने, ढाँट्ने र बाँड्ने कुुरा मात्र गर्छन् । एक धर्मले अर्को धर्मको कुुरा काट्छन् वा बाँड्ने नै कुुरा गरेको हुुन्छ । हामी यस्तो छौँ, हाम्रोमा उस्तो हुुन्छ । जस्ता विभिन्न नीति नियम र संस्कारका नाममा बटवारा गराइरहेको हुुुुन्छ । म त यो भन्छुु–यो जति संसारमा धर्मझण्डुुवाहरु छन्, सब मात्र ढाँट्ने, काट्ने कुुुरा मात्र गर्छन् । जो यस्तो काट्ने, ढाँट्ने र बाँट्ने कुुरा गर्दैछन् भने त्यो धर्म धर्म होइन । धर्मको नाममा आडम्बर मात्र हो ।

धर्म भनेको धारण गर्नुु हो । स्वतन्त्र रुपले जो कहिल्यै बदलिदैन । जुुन प्राकृतिक रुपले जन्मदेखि हामी लिएर आएको छौँ असलमा त्यही धर्म हो । जस्तै यो स्वास, यो हावा, यो सूर्य जे भए पनि आफ्नो नित्य दिनको कर्म आफ्नो छोड्दैनौ त्यही धर्म हो । यो समाजको हिन्दुु, मुुस्लिम, बौद्ध जातिलाई हामी धर्म भन्छौँ, साँच्चिकै भन्ने हो भने त्यो धर्म होइन । त्यो सब समाजको रुढिवादी र हिंसाको मूुल जरो हो । त्यहीबाट सुुरु हुुन्छ अनेकौँ दंगा, हत्या, हिंसा ! यी माथिका सम्पूूर्ण धर्म समाजको रुढिवादी र हिंसाको बिउ हो । जुुन बिउ मानवको कोमल निर्दोष हृदय माटामा परेर दिन प्रतिदिन बिरुवाको आकारमा वृद्धि विकाससँगै समाजमा मूल जरो बनाएर बसेको छ । जसको दुुष्परिणाम आजको हाम्रो समाज राष्ट्र लगायत सम्पूर्ण संसारमा त्राहीमाम भएको छ । दिनहुुँ धर्मको नाममा मारामार, काटाकाट भइरहेको छ ।

यो जीवन एउटा गाडी हो । जुुन नानाकथित अघि बढिरहेको छ । ९९.९ प्रतिशत मानिसहरुको मात्र गाँस, बाँस, कपास नै जीवनको उद्देश्य रहेको हुन्छ । मात्र १ प्रतिशत हुुन्छ, जुन जीवनको गाँस, बाँस, कपास बाहेक अरु पनि उद्देश्य राखेका हुन्छन् । हाम्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रो यो नाशवान मानव शरीर संस्कारमाथि आश्रित हो र संस्कार मनमाथि आधारित हुुन्छ । अर्थात हाम्र्र्र्रो शरीर एउटा दशढोका र दुुई पंग्रे लोभलाग्दो गाडीे चालक, त्यो चालकको आत्मालाई चलाउने वा डो¥याउने संस्कार हुुन्छ । संस्कार कै आधिपत्य जहिले रहेको हुन्छ । त्यहि भएर हाम्रो समाजमा अनेकौँ पाप, रुढीवादी, हत्या, द्वन्द्व, हिंसा, भेदभाव व्याप्त छ । किनकी आफ्नो मनको आधारमा, इच्छाअनुुसार अनेकौँ संस्कारको नाममा कुुुसंस्कार र विकृति भित्रियाइन्छ । हामी वा हाम्रो पुुर्वज, अग्रजहरु आफ्नो सुुविधा र सुुखअनुुुसार संस्कार र नियमहरु बनाएको छ । युुगैयुुगदेखी जसको बोलबाला रह्यो उसको समाजमा अधिकार रह्यो । अशिक्षित गरिबलाई परजीवि किरा जस्तै रगत चुसिरह्यो । यो घटनालाई हेर्ने हो भने ब्राहम्णहरु अग्रपंक्तिमा रहेको छ । समाजमा जति नीति नियम र संस्कार बनेको छ सब ब्राहम्णहरुको आफ्नो सुुख भोगमा आधारित रहेको छ ।

वर्तमान समयमा धर्म संस्कृति र संस्कार भन्ने तीन शब्दको प्रभाव वा उदाहरणको आधारमा हेर्ने हो भने अग्रपंक्तिमा भारत र दोस्रोमा नेपाल आउँछ । अब हामी आँखा उठाएर हेरौँ–कति हिंसा र विभेद छ यी दुबै देशमा जहाँ जहाँ धर्मको बोलबाला हुुन्छ, त्यहाँ–त्यहाँ अशिक्षा र रुढिवादी हुन्छ । म त भन्छुु यो धर्म र संस्कार सबभन्दा ठूलो शत्रु हुुन्छ शिक्षाको । हरेक कोणबाट शिक्षालाई रोक्ने प्रयास गरेको हुन्छ । सबभन्दा ठूलो मर्कामा महिला जाति परेको छ । सृष्टिको सुुरुवातदेखि महिलालाई हरेक धर्म र संस्कारको नाममा किल्चिएको छ । धर्मको आडमा शिक्षा ब्राम्हणसम्म मात्र सिमित रह्यो । इतिहास हेर्दा स्त्री जाति र शुद्र जातिबाट मीलौं टाढा राखिएको छ । शिक्षालाई शुद्र जाति महिला जातिलाई अपवित्र र मानिन्थ्यो जस्को परिणाम पितृसत्ताको बोलबाला र महिलाहरुलाई आजसम्म विभेद र हिंसाको भूमरीमा जीवन भौतारिएको छ ।

आज भन्दा करिब तीन वर्ष पहिलाको कुुरा हो । भारतको मुुम्बई सहरमा एउटा “श्रीमत भागवत गीता च्याम्पियन लिग” भन्ने प्रतियोगिता भएको थियो । त्यो प्रतियोगितामा करिब ५००० छात्रछात्रा प्रतियोगी थिए । १०० पूर्णाङ्कमा परीक्षामा विषयगत र वस्तुुगत प्रश्न समावेश गरिएको थियो । जुुन प्रतियोगितालाई मुुम्बईको मात्र १२ सालकी फुुच्चीले जितिन् । अचम्मको कुुरा यो छ कि उनी एक मुुस्लिम धर्मबाट थिइन् । त्यो विलक्षण भएकी फुुच्चीको नाम मरियम आसिब सिद्दिकी थियो । एउटा मुुस्लिम परिवारमा जन्मेकी नानी हिन्दूु धर्मको महान धर्मग्रन्थ गीतामा कति आकर्षण, कति गहन अध्ययन गरिन् र प्रतियोगिता जितिन् । यस उदाहरणलाई हेर्दा यो त प्रष्ट भयो कि कुुनै पनि धर्मले भेद गर्दैन । भेद त यो धर्मझण्डुुवाहरुले गर्दछन् ।

यस घटनालाई हेर्दा त यो एउटा चम्तकार नै हो । जनमानसमा एउटा सन्देश हो कुुनै भगवान वा धर्ममा भेद छैन । संसारको हरेक धर्म समान छ । हरेक धर्मको सन्देश एउटै छ । भगवान कुुनै पनि धर्मको भक्तमा तेरो–मेरो गर्नु हुन्न । यदि त्यस्तो हुुने भएको भए “श्रीमत भागवत गीता च्याम्पियन लिग” को खिताब मुुस्लिम केटी मरियमले जित्ने थिइनन् । मरियम गीता लगायत कुुरान, बाइबल लगायत अनेकौँ धर्म ग्रन्थहरु पढेकी छिन् तर कुुनै पनि धर्म ग्रन्थले भेद सिकाउँदैन । अचम्मको कुुरा किताबसम्म हरेक ग्रन्थको आशय वा मूल सन्देश समान नै हुुुन्छ । जब त्यो पवित्र ग्रन्थ धर्मको रखवालाहरुको बीच आउँछ अनि ठिक उल्टो प्रतिक्रिया दिइहाल्छ । विभेद उत्पन्न भइहाल्छ । ती ग्रन्थहरुले जोेडने कुुरा गरे पनि त्यो ग्रन्थका ज्ञाताहरु कसरी बाँटने बुुझ्न थाल्छन् । नकारात्मक अर्थ प्रसारित कसरी हुुन थाल्छन् । धर्म के हो ? अनि सबभन्दा ठूलो धर्म के हो ? धर्म भनेको धारण गर्नु हो । यो पंगुु समाजको रीत वा विपरित जुुन हाम्रो इच्छाहरु छ त्यो सम्पूर्ण इच्छाहरुलाई स्वतन्त्र भावले धारणा गर्नु नै हाम्रो सबभन्दा पहिला र ठूलो धर्म हो ।

शिक्षा भनेको अन्तर्निहित रहेको प्रतिभालाई प्रस्फुुटन गर्नु हो । चौतर्फी विकास गर्नु हाम्रो भित्रको अँध्यारोलाई मिटाई उज्यालो छर्नु हो । सहि गलतको फरक छुुट्याउन सक्ने बनाउने, सत्मार्गमा हिंडाउने, जीवनलाई सार्थक बनाउने । हामी तल्लो कक्षादेखि यस्तै–यस्तै परिभाषा पढ्दै अएको छौँ । तर अब यहाँ प्रश्न उठ्छ कि जुुन शिक्षा हामी प्राप्त ग¥यौँ वा गर्दै आइरहेका छौँ, के त्यो शिक्षाले हाम्रो चौतर्फी विकास गरायो त ? हाम्रो भित्रको अँध्यारो मेट्यो त ? होइन, भएन वा भयो भने के परिर्वतन भयो हाम्रो जीवनमा ? हामीले पाएको शिक्षाले समाजको समस्या निवारण भयो त ? यदि हाम्रो शिक्षा प्रभावकारी छ भने किन देशमा दिनहुँ हत्या हिंसा, दंगा अन्याय भइरहेको छ । लाखाँै युुवा बेरोजगार छ ।

सालै पिच्छे शिक्षा नीति नियम, पाठ्यक्रम परिवर्तन हुुन्छ । जसमा करोडौँ बजेट खर्च भइरहेको हुुन्छ तर उपल्बधी भने शूून्य छ । के हाम्रो भित्र मात्र अन्न खाने, मीठो पकवान पिउने अमृत र निकालने विष मात्र हो ? खाली बच्चा जन्माउने, समाजमा रुढी फैलाउँने, हिंसा गर्ने अरुको छोरी बहिनीलाई बलात्कार जस्तो अक्षम्य गल्ती गर्ने, राजनीतिको आड लिएर निर्दोष जनतालाई काट्ने, बाँट्ने र ढाँट्ने गुुण छ ? यदि हाम्रो पाठ्यक्रमले यति मात्र हाम्रो भित्रको गुुण प्रष्फुुटन गर्छ भने, हाम्रो शिक्षा नीति र पाठ्यक्रमको कुुनै औचित्य रहेन । शिक्षाको नाममा भएको करोडौँको बजेट सब निरर्थक हो । तसर्थ हालको शिक्षाको नीति नियममा परिवर्तन होस्, समयको माग अनुुसार शिक्षाको धार बदलियोस् । नैतिक शिक्षा पनि समावेश होस् । हाम्रो देशमा पनि यस्ता धार्मिक शिक्षाको प्रतियोगिता होस् । जुुन अति आवश्यक रहेको देखिन्छ ।

विश्वमाझ चिनिने नेपाल हिन्दुुु राष्ट्र भएर पनि हामी हिन्दूु भक्तहरु आफ्ना पवित्र ग्रन्थ पढ्दैनौँ । कति त यस्ता पनि छन् जो गीता भन्ने नामको बारेमा पनि जान्दैन । मलाई यहाँसम्म लाग्छ कति मानिसहरु जीवन रहँदासम्म गीता हेर्न पनि भ्याउँदिन अनि मृत्युुवरण हुुन पुुग्छ । दुुःखको कुुरा पूरै जीवन हिन्दू–हिन्दू कराउँछ, धर्मको आडमा कति निर्दाेष आत्मालाई रुवाउँछ, आहत बनाउँछ तर असल जीवनमा टाढा टाढासम्म हिन्दू धर्मसँग कुुनै सरोकार रहेको हँुुदैन । त्यसकारण हाम्रो राष्ट्रमा पनि भारत जस्तै पाठ्यक्रम लागायत पाठ्यक्रम बाहिर, सरकारी तथा गैरसरकारी संस्थाहरुबाट पनि धार्मिक शिक्षाको प्रतियोगिता वा ज्ञान निखार्ने कार्यक्रम समय–समयमा गराउनुु अत्यन्त आवश्यक पाटो देखिन्छ । किनकी वर्तमान समय यति व्यस्त भइसकेको छ कि कुुनै मानिसलाई फुुर्सत छैन, गीता पुुरान जस्ता किताब पढोस् । धार्मिक ग्रन्थप्रति कति नास्तिक र निरसताकोे भावना आइसकेको छ ।

यसरी धर्मसँग सम्बन्धित प्रतियोगिता र कार्यक्रम भयो भने जित्ने बहानामा पनि कमसेकम आफ्नो जीवनमा एक पटक विद्यार्थीहरु पवित्र ग्रन्थको पाठ त गर्न सक्छ । के कस्तो छ एक चोटि हेर्ने मौका त पाउँछ । हामी भन्दा त लाखौँ गुुणा राम्रो मुुस्लिम र क्रिश्चन धर्मावलम्बीहरु, उनीहरुको हरेकको घरमा कुुरान र बाइबल हुुन्छ र नित्य दिन पाठ गरेको हुुन्छ । धर्मको बारेमा अनेकौँ पोथी मानिसहरुले लेखेको छ, लेख्दैछ । तर पनि धर्मलाई दिएर दिनहुँ लड्दै छ । धर्मलाई लिएर कतै म छोटो र मीठो दुुई शेर पढेको थिए:

ऐ पेड, ऐ शाखे, ऐ पत्ते, भी परेशान हो जाएं ।
अगर परिंदे भी हिन्दूू और मुुसलमान हो जाएं ।।

कति ठूूलो सन्देश बोकेको छ यो माथिको दुुई शेर । रुख, हाँगा, पात पनि हैरान भइहाल्छ यदि पंक्षीहरु पनि हिन्दुु र मुुस्लमान भयो भने । यो निमुुखा रुखहरु कसरी न्याय गर्ने होला को–कसलाई आफ्नो हाँगामाथि बस्न दिन्छ ।

ना मस्जिदको जानते हंै, ना शिवालों को जानते हंै ।
जो भूूखे पेट ह,ैं वो सिर्फ दो निवालाें को जानते हंै ।।

हाम्रो समाजको बुुद्धिजीवी, सम्पन्नहरुदेखि सडकको पेटीमा जीवन बिताइरहेका मानिसहरुलाई नियाल्नुु कति सटिक उदाहरण हो । जो गरिब र भोको पेट छ उनीहरुलाई त्यो मस्जिद र शिवालय जानेर के अर्थ ? उनीहरुलाई त मात्र आफ्नो भुुख र पेटको लागि मात्र दुुई गाँसको मतलब हुुन्छ । गरिब भोको पेट जान्दैन यो हिन्दुुको पनि हो कि मुुस्लिमको ।

तिनीहरुलाई धर्मको छुुतभन्दा आफ्नो पेटको भोक ठूलो हुुन्छ । यो मस्जिद र शिवालयलाई जान्ने बुुझ्नेबाला हाम्रो समाजको जो सम्भ्रान्त र बुुद्धिजीवीको काम हो । जसको पेट भरेको हुुन्छ तिनीहरुलाई नै हो यो अनावश्यक जाति धर्मको कुुरा याद आउने । धेरै बुुद्धि भएको मानिसहरुले हो हाम्रो समाजमा अनेक रुढिवादीहरुको जडो जन्माउने । कस्तो अचम्मको कुुरा सृष्टिको सर्वश्रेष्ठ चेतनशील प्राणी मान्छेलाई भनिन्छ तर मानिसकै व्यवहार निच हुुन्छ । जति कुुकर्म गर्ने हो त्यो मानव जाति नै हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक