पाँच मैथिलीसेवी पुरस्कृत

१४ मंसिर २०७७, आईतवार ०९:४० मा प्रकाशित

जनकपुर । मैथिली महाकवि विद्यापतिको स्मृति दिवसको अवसरमा शनिबार मैथिली भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउँदै आएका पाँच जनालाई पुरस्कृत गरिएको छ ।

मैथिली भवनमा आयोजित कार्यक्रममा रु सात हजार ५०१ राशिको शिवदत्त मिश्र स्मृति पुरस्कार इतिहासविद् एवं लेखक प्रा डा पीताम्बरलाल यादवलाई प्रदान गरिएको छ । विवेका लक्ष्मी मैथिली पत्रकारिता पुरस्कार साहित्यकार एवं मिथिला साप्ताहिकका सम्पादक देवेन्द्र मिश्रलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु पाँच हजार पाँच रहेको छ ।

त्यस्तै रु पाँच हजार पाँच राशिको शोभा देव स्मृति मैथिली पुरस्कारबाट मैथिली भाषाका कवि पुनम ठाकुरलाई प्रदान गरिएको छ । विजयेन्द्र विनोद कला संस्कृति पुरस्कार गायिका सुनिता साह र कञ्चन झालाई प्रदान गरिएको छ । पुरस्कारको राशी रु एक हजार ५०५ रहेको छ ।

आँखा शिविरबाट ३०० को उपचार
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा एक दिने आँखा शिविरमा ३०० भन्दा बढीको उपचार गरिएको छ । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालसँगको समन्वयमा शहीद प्रभुनारायण स्मृति ट्रष्टले शनिबार एक दिने आँखा शिविर आयोजना गरेको हो हो ।

शिविरमा ३१५ आँखा रोगीको परीक्षण गरिएको ट्रष्टका सचिव भगवानलाल यादवले जानकारी दिनुभयो । आँखा शिविरमा परीक्षण गरिएकामध्ये १६५ जनामा मोतियाविन्दु फेला परेको सचिव यादवले बताउनुभयो । मोतियाविन्दु देखिएकालाई लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको ट्रष्टले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका