पूर्वसहसचिव खनाल भ्रष्ट ठहर

१२ भाद्र २०६९, मंगलवार २०:१८ मा प्रकाशित

काठमाडौं, १२ भदौ । पूर्व सहसचिव आनन्दप्रसाद खनाललाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतबहादुर कार्कीको संयुक्त इजलाशले सडक विभागका पूर्व प्रमुख खनालले १ करोड २१ लाख ५२ हजार भ्रष्टाचार गरेको ठहर गरेको हो । उक्त कसुरमा खनाललाई १५ महिना कैद र विगो बमोजिमको जरिवानासमेत तिराउने फैसला भएको छ ।
खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ करोड ९७ लाख भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमाथि सुनुवाइ गर्दै विशेष अदालतले २०६२ जेठ २० मा उनलाई दोषी ठहर गरेको थियो ।

विशेषको उक्त फैसला अनुसार खनालले १ करोड २० लाख २३ हजार २ सय १० रुपैयाँ भ्रष्टाचार गरेका थिए । त्यस बापत विशेषले खनालालई १ वर्ष जेल सजाए हुने फैसला गरेको थियो । त्यसविरुद्ध खनालले सर्वोच्चमा पुनरावेदन गरेका थिए । आफू निर्दोष भएकाले सफाइ पाउनु पर्ने खनालको जिकिर थियो । पुनरावेदन परेको ६ महिनाभित्र मुद्दाको अन्तिक किनारा लगाउनु पर्ने कानुनी व्यवस्था भए पनि खनाललगायत भ्रष्टाचारका थुप्रै मुद्दाका मिसिल सर्वोच्चको दराजमा वर्षौंसम्म थन्किएका थिए ।

खनालले गरेको भ्रष्टाचारको रकम विशेषको भन्दा १ लाख २८ हजार बढी भएको सर्वोच्चको फैसलामा उल्लेख छ । त्यस्तै उनलाई हुने कैदमा पनि १ वर्षबाट ३ महिना थप ग १५ महिना पुर्‍याइएको छ ।
फैसलामा भ्रष्टाचार निवारण २०५९ अनुसार खनालले भ्रष्टाचार गरेको ठहरिएको १ करोड २१ लाख ५२ हजारबाट बढे बढाएको सम्पत्ति पनि सरकारले जफत हुने उल्लेख छ । कर्मचारीले भ्रष्टाचार गर्नै नपर्ने अवस्था आउने सेवा सुविधा दिन फैसलामा भनिएको छ ।

ुकर्मचारीबाट हुन सक्ने भ्रष्टाचारजन्य क्रियाकलापलाई निरुत्साहित गर्न नेपाल सरकारले तलबी आर्थिक सर्वेक्षणको आधारमा जीवनस्तर धान्न चाहिने आवश्यक न्यूनतम तलब निर्धारण गर्ने र मूल्यवृद्धिको अनुपातमा समय समयमा तलबमानमा समेत वृद्धि गर्दै जानुपर्ने हुन्छु फैसलामा भनिएको छ, ुनिजामती कर्मचालाई दिइने तलबको अवस्था वा परिणामले आधारभूत आवश्यकतालाई धान्न नसक्ने भएमा त्यो पनि भ्रष्टाचारजन्य क्रियाकलापलाई बढवा दिने कारक तत्व बन्न सक्ने हुँदा कर्मचालाई आधारभूत आवश्यकता धान्नको लागि चाहिने तलबको व्यवस्थातर्फ सरकारले ध्यान दिनुपर्छ ।ु
फैसलामा अख्तियारका अनुसन्धानकर्तालाई वस्तु निष्ठ र विनापूर्वाग्रह अभियोजन गर्न पनि ध्यानाकर्षण गराइएको छ । खनालविरुद्ध अख्तियारले दायर गरेको मुद्दामा उनको तलब पूरै बचत भएको भन्दै त्यसलाई आयमा गणना गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले