मनीषा भन्छिन् : ‘डिभोर्स होइन फिल्मतिर लाग्छु’

१२ भाद्र २०६९, मंगलवार १९:४७ मा प्रकाशित

विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउडमा एक समय नायिकाको भीडमा एकछत्र राज गर्न सफल भएकी थिइन् मनीषा कोइराला । ‘वाह’ गर्न लायकको सफलतालाई चुम्ने मनीषा यतिबेला भने गुमनाम छिन् । बलिउडमा उनीसंगैका माधुरी दीक्षित, करिष्मा कपुर, सोनाली बेन्द्रे र शिल्पा सेठ्ठीहरू पनि हाल घरजम गरेर पारिवारिक जीवन बिताइरहेका छन् । नयांहरूको आगमनसंगै विस्थापित मनीषाको अब बलिउडमा कुनै गुन्जायस छैन । यही कारणले पनि उनले अब नेपाली चलचित्र क्षेत्रमा नै बांकी जीवन बिताउने निधो गरेकी छिन् । यो रहस्य मनीषाले यसै साता खोलेकी हुन् । ‘सुशीला आर्टस् एकेडेमी’को उद्घाटन गर्ने क्रममा मनीषाले यस्तो अभिव्यक्ति दिएकी हुन् । ‘जीवनमा धेरै कुराको अनुभव गरियो । उतारचढावहरू पनि धेरै भए । अब भने तनावमुक्त र रिल्याक्स जीवन बताउन चाहन्छु,’ उनले भनिन् ।

नेता बीपी कोइरालाकी पत्नी सुशील कोइरालाको नाममा खोलिएको सो ए
केडेमीको उद्घाटन कार्यक्रममा नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला, अभिनेता राजेश हमाल र मनीषाको साथमा उनका भाइ सिद्धार्थ कोइराला पनि थिए ।

मनीषा अब यही एकेडेमीलाई फलाउन र फुलाउनतिर लाग्ने सोचमा पनि रहिछिन् । एउटा पूरा भएको यो सपनालाई जीवनपर्यन्त बचाइराख्नुपर्छ भन्ने मान्यता लिएकी मनीषा पहिलेभन्दा फरक रूपले प्रस्तुत भएकी थिइन् त्यस दिन । निकै शालीन देखिएकी मनीषाले पारिवारिक कुरा त्यति खोलिनन् । उनले चित्त दुखाउंदै भनिन्, ‘बोलचाल भएको छैन, यहां पे्रम प¥यो भनेर आउंछ । अनि सानो पारिवारिक खटपटलाई लिएर डिभोर्सकै हल्ला सुरु हुन्छ । त्यसैले अब म धेरै बोल्दिनं ।’

मनीषाको यो चित्तदुखाइ हालै मात्र उनको डिभोर्सको हल्लाप्रति लक्षित थियो । उनले थपिन्, ‘हामी दुवै आ–आफ्नो कामप्रति व्यस्त छौं । तर, हामीलाई नै थाहा छैन कि हाम्रो डिभोर्स कहिले भयो ? कमसेकम डिभोर्स हुनेलाई त थाहा हुनुप¥यो नि ?’ मनीषाको यो जवाफले भने एकछिन् माहौल नै रमाइलो भएको थियो ।

मनीषाले आफ्नो चलचित्र निर्माणसंगै अब आफ्ना भाइ सिद्धार्थ कोइरालालाई पनि नेपाली सिनेमामा प्रवेश गराउने योजना राखेकी छिन् । सिद्धार्थले केही भारतीय चलचित्रमा काम गरे तापनि उनले भनेजस्तो बाजी भने मार्न नसकिरहेको अवस्थामा सिद्धार्थको हुन लागेको यो प्रवेशले कत्तिको बाजी मार्ने हो त्यो भने हेर्न बांकी नै छ ।

तर, जे होस्, बलिउडबाट रिटायर्ड भएपछि अनि उता माग घट्न र बिक्न छाडेपछि ढिलै भए पनि मनीषाले नेपाली सिनेमा मेकिङमा देखाएको चासो, रहर र कुतूहललाई भने स्वागत गर्नैपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकै गर्दा पछिल्लो समय बजारमा गीतहरु धमाधम आइरहेको छन् । यसैक्रममा नेपाली

अभिनेत्री मिया खालिफाले श्रीमानसँग सम्बन्धविच्छेद गरेकी छन् । हालै उनले आफुले सम्बन्धविच्छेद गरेको घोषण गरेकी हुन् । खलिफाले श्रीमानसँग अलग

काठमाडौँ । गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको आवाजमा रहेको ‘माया गर्ने मान्छे’ बोलको गीत सार्वजनिक भएको छ ।

काठमाडौं । म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित ‘तिमी छौ र’ बोलको को म्युजिक