गुनासोका साथ प्रधानमन्त्रीले गरे सफलताको दाबी

१२ भाद्र २०६९, मंगलवार १८:५७ मा प्रकाशित

काठमाडौं, १२ भदौ । कार्यकाल एकवर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा ठूला उपलब्धी हासिल भएको दाबी गरेका छन् । सत्ताका लागि खेल भइरहेकाबेला गठन भएको सरकारले शान्ति प्रक्रिया पूरा भएको बताए । उनले माओवादीको उपाध्यक्ष मोहन वैद्य समूहलाई ‘संकिर्णतावादी तप्का’को संज्ञा दिंदै उनले शान्ति प्रक्रियाको विरोधमा संकिर्णतावादी तप्का सडकमा उत्रिएको तपाईंहरुलाई थाहै छ,’ भने ।
संविधानसभाको म्याद थपका लागि सरकारले प्रस्तुत गरेको विद्येयकलाई कांग्रेस सभापति सुशील कोइराला ले विरोध गर्नु नै संविधानसभा विघटनको आधार भएको उनले बताए । म्याद थपको विरोध गर्दै कांग्रेस, एमाले सरकारबाट बाहिरिँदा संविधानसभा विघटनमा थप बल मिलेको बताए । प्रधानमन्त्री भट्टराईले संविधानसभा बाट संविधान लेख्न नदिन पहिल्यैदेखि खेल भइरहेको बताए तर कस्तो खेल खुलाएनन् ।संविधानसभा विघटनमा एमाओवादीले सकेसम्म पहल गरेको बताउँदै उनले तर कसिएका मुठ्ठीसँग हात मिलाउन नसकिएको उल्लेख गरे । प्रधानमन्त्री ले सहमति भए एक सेकेन्डमै सरकार छाड्न तयार रहेको स्पष्ट पारे । प्रतिपक्षी दललाई अनुचित पर्खाल खडा नगर्न उनले प्रतिपक्षी दलसँग आग्रह गरे ।
त्रिभुवन विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिएर देश बेच्न खोजेको आरोप लगाउनेहरु प्रति उनको गुनासो यस्तो थियो( ुकतिपयले प्रचार गरे जस्तो त्रिभूवन विमानस्थलको व्यवस्थापन भारतीय कम्पनीलाई दिने विषयमा कुनै छुट्टै सम्झौता गरिएको अवस्था होइन। विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने तथा व्यवस्थापन चुस्त र प्रभावकारी वनाउने वारे प्रारम्भीक प्रक्रिया मात्र अघि वढेको हो। धेरै अन्तराष्ट्रिय विमानस्थल विदेशी कम्पनीवाट निर्मित गरिएका उदाहरणहरु छन्। विमानस्थलको विस्तार र स्तरोन्नति गर्ने तथा व्यवस्थापनलाई प्रभावकारी वनाउने विषय आफैमा आलोचनाको विषय वन्नु पर्ने कुनै कारण छैन। त्यहाँ जे हुन्छ पारदर्शी हुन्छ र नेपालकै हितमा हुन्छ।ु
प्रधानमन्त्री ले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटको बिरासतमा सरकार बनेको र यो वर्ष पनि पूर्ण बजेट ल्याउन नसक्न सोचेजति नयाँ कार्यक्रम ल्याउन नसकिएको बताए । बेरोजगार भत्ता दिने सरकारी तयारी पनि बजेट ल्याउन नसक्दा पूरा गर्न नसकिएको प्रधानमन्त्री को भनाइ छ ।

सरकारसँग भएको दृढ लक्ष्यका कारण काठमाडौंको सडक विस्तार सम्भव भएको उनले बताए । प्रधानमन्त्रीले काठमाडौंका अधिकांश सडकलाई कालोपत्र बनाउने लक्ष्य सरकारसँग रहेको बताए । उनले आफ्नै अनुगमनमा राष्ट्रिय गौरवका आयोजना सुरु गरेको उल्लेख गरे भने मनाङमा सडक पुगेको सम्बोधनमा खुलाए । आफ्नो कार्यकालमा आर्थिक वृद्धि उच्च रहेको बताए भने नेप्से, घरजग्गा कारोबार पनि बढेको बताए । लोडसेडिङ १६ बाट १२ घण्टामा झारेको र आगामी वर्ष पनि १०–१२ घण्टामा सीमित पार्ने प्रधानमन्त्री ले उल्लेख गरे ।

प्रधानमन्त्री भट्टराई राष्ट्रिय स्वाधिनताविरुद्धमा सरकारले काम गरेको आरोपप्रति असन्तुष्टि पोखे । चीनसँग पनि बिप्पा सम्झौता गर्ने उनले जानकारी दिए । बिप्पा सम्झौता आवश्यकता र बाध्यता रहेको उनले बताए । सुकुम्बासीलाई अछुतो जस्तो व्यवहार गरेको भन्दै उनले अप्रत्यक्षरुपमा एमाले, नेकपा–माओवादीलगायतका दलप्रति कटाक्ष राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर