अपराध घट्यो, शान्तिसुरक्षा कायम भयो : गृहमन्त्री गच्छदार

१२ भाद्र २०६९, मंगलवार १८:५२ मा प्रकाशित

काठमाडौं, १२ भदौ । गठबन्धन सरकारको एकवर्षे कार्यकालमा भएका अनेक आपराधिक घटनाहरुलाई छायांमा पार्दै उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छेदारले आफ्नो कार्यकाल सफल भएको र आफूले गृहमन्त्रालय सम्हालेपछि अपराध घटेको दाबी गरेका छन् । सञ्चारकर्मीहरुसंग कुरा गर्दै गृहमन्त्रीले अपराधको रेकर्ड घट्नु उपलब्धिको मापदण्ड भएको बताए । राजधानीको सडक विस्तारलाई ३० वर्षकै सबैभन्दा उपलब्धीको घटना बताउँदै उनले सरकारको कार्यकाल सफल भएको उल्लेख गरे । उनले गृहमन्त्रालयले अपराध र शान्ति सुरक्षाको अवस्थासहितको विष्लेसण सहितको स्वेत पत्र जारी गर्ने तयारी गरिरहेको भन्दै केही राजनीतिक मोटिभेटिभ बाहेकका अपराधका घटनामा सुधार आएको दावी गरे । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हटाएर को प्रधानमन्त्री बन्ने र नयाँ प्रधानमन्त्रीले के के काम गर्ने कुरामा प्याकेजमै सहमति नबनेसम्म प्रधानमन्त्रीले पदत्याग गर्ने कुरै नआउने स्पष्ट पार्दै सरकारको भावी नेतृत्व एउटा पार्टीले गर्ने भन्दा पनि कुन व्यक्ति गर्ने भन्ने कुरा पनि टुङ्गो लाग्नु पर्ने धारणा राखे । उनले भने– ‘सबैलाई स्विकार्य हुने ब्यक्ति चाहिन्छ पार्टी मात्रै भनेर हुँदैन ।’ संविधानका विवादित विषयमा सहमति जुट्न सके दैनिक कार्यसूचि निर्माण गरेर बढीमा एक महिनाको लागि संविधानसभाको पुनःस्थापना गरेर संविधान जारी गर्न सकिने भन्दै गच्छदारले त्यसो हुन नसके सभासदको संख्या, काम गर्ने अवधीको टुङ्गो लगाएर संविधानसभाको निर्वाचनमा जानु बाहेक अरु कुनै विकल्प दलहरुसँग नरहेको स्पष्ट पारे । राष्ट्रिय सहमतिबाहेक मुलुकमा अर्को कुनै विकल्प नरहेकोले आफू सहमति कायम गर्न लागिपरेको जानकारी दिदै उनले भर्खरै राष्ट्रपति र एमाले अध्यक्षसँग कुराकानी गरेको र अब माओवादी अध्यक्ष र कांग्रेस सभापति सँग कुरा गरेर सहमतिको प्रयास जारी राख्ने बताए । उनले अहिलेसम्म सहमतिको लागि राष्ट्रपति बाहेक कसैले पनि प्रयास नगरेको गुनासो गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका छन् । प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिकास्तरीय निर्वाचनमा नवलपरासीमा महामन्त्री डा.शशांक कोइराला र नेता देवेन्द्रराज कँडेलको वर्चश्व देखिएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने तयारी भएको छ । लामो समयदेखि जण्डिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन