डाएस्पोराका नेपाली संघ संस्था: नेपालीले नेपालीलाई शोषण गर्ने थलो -सुदिप पन्त

१२ भाद्र २०६९, मंगलवार १८:१३ मा प्रकाशित

हामी पूर्व नेपालदेखी पश्चिम नेपालको कुना कुनाबाट बिभिन्न मुलुकमा स्थाई या रोजगारिको लागि भासिने क्रम बड्दो मात्रामा छ ।बिश्वको हरेक कुनामा कुनै न कुनै नेपालीहरुको सस्था कृयासिल भएर नेपालीहरुको हित गर्ने भनेर खोलिएका छन र खोल्ने क्रम पनि जारी छ ।नेपालीहरु को जनघनत्व बड्दै जादा सस्थाहरु प्रती पनि लगाव बड्दै जानु पर्नेमा झन सस्थाहरु प्रती हेरिने दृष्‍टिकोणमा कमी आएको छ । नेपालबाट बिभिन्न क्षेत्रको ब्यक्तीहरुको आगमन ,उनिहरुको नेत्रित्व पारीपक्वता ,दुर्दर्शिता ,सामाजिक अभियान्तको रुपमा काम गरेको अनुभवहरु ,अनी बिदेश बसाइको लामो छोटो अनुभवहरुलाई प्राथमिकता दिनु भन्दा पनि मानब तस्कर ,आर्थिक अनिमयता ,चारित्रिक आचारणमा कमी भएका मान्छेहरुको नै बोलबाला बडी भएको जानकारहरु बताउछन । यहाँ आएर केही आर्थिक हिसाबले अगाडि बडेका तर सुन्य सामाजिक मयार्दा र सामान्य नेत्रित्वगुण सम्म पनि नभएका केही ब्यक्तिहरुले कुनै कुनै सस्थाहरुमा हालिमुहाली गर्न खोजेको अवस्थाले गर्दा यहाँ अवस्थित धेरै नेपालीहरुमा भने निराशा छाएको छ । जम्मा जम्मी चन्दा माग्नु ,सामान्य चाड पर्ब मनाउनु ,हिसाबकिताबको आयब्य नराख्नु ,जस्ले जे मन लाग्छ त्यही तुरुन्त निर्णय गर्नु,आपासमा आफ्नो आफ्नो धाक र फुर्ती देखाइ भये नभयेको झुठो सम्मान लिन खोज्नु आदी अहिले धेरै सस्थाहरुको नेत्रित्व लिने ब्यक्तीहरुमा देखिएको अबगुणहरु हो ,नेपालमा हुँदा केही हैसियत पनि नभएको ,कुनै कुनै ब्यक्तिहरु त मानब तस्करी सम्ममा संलग्न भएकोले नेपाल जान नसक्ने स्थिती पनि देखिएको छ र सस्थालाई ढाल बनाएर आफ्नो दुनो सोझ्याउन समेत लागेको पाइएको छ । बिदेशस्थित त्यो देश को अप्रबासी बिभागमा उजुरु गर्नेहो भने यहाँ बाट पनि भागेर हिंड्न सक्ने अवस्था धेरै जनाको छ। आफ्नो औकात नदेख्ने अरुलाई सधैं निरही मात्र देख्ने कम्जोर मानसिकता भएको मान्छेहरुले कम्सेकम आफु उभिएको धरातल मात्र थाहा पाउदा पनि धेरै नेपालीहरुको भलो हुन्थो। त्यसो त सस्थाहरुमा सबै गलत मान्छेहरु मात्र छन भन्ने यो लेखको आसय चाँही पक्कै होइन तर नेपाली लाई नेपालीले नै शोषण गरेर त्यही ब्यक्ती सस्थहरुमा हालिमुहाली गरिरहेको धेरै भुक्तभोगिहरुको बुझाई छ ,केही गलत मान्छेको गलत प्रब्रितिले गर्दा इमान्दार नेत्रित्वहरु पनि छायामा पर्न गएका छन । नेपाल को राजनैतीक अवस्थाको दुर्गतीले यहाँका केही संघ सस्थालाई पनि छोएको छ । आगामी दिनहरुमा बिदेशमा रहेका नेपाली सस्थाहरुले नामले हैन कामले पनि नेपालीहरुको मन जित्न सफल होउन ,गलत प्रब्रिति भएका ब्यक्तिलाई निरुत्साहित गरौ ।अहिलेलाई सबै सस्थाहरुलाई शुभकामना मात्र भन्न सकिन्छ । अस्तु।

प्रतिक्रिया
सम्बन्धित खवर

घर परिवारको न्यानो साथ छोडेर विदेशिनु पर्दाको पीडा त भोग्नेलाई मात्र थाहा हुन्छ । प्रियजनको पर्खाइमा कैयौं रात अनिदो काट्नु

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको