चन्द्रमाको ढुंगा पृथ्वीमा ल्याउने चीनको योजना

८ मंसिर २०७७, सोमबार १५:२३ मा प्रकाशित

बेइजिङ । चीनले चन्द्रमामा रहेको ढुंगा पृथ्वीमा ल्याउने योजना बनाएको छ । सोही योजनाअनुसार चीनले भने चाङ फाइभ नामको मानव रहित यान भोली मंगलबार चन्द्रमातर्फ पठाउँदैछ ।

अन्तरिक्ष यानको नाम ‘चाङ’ए’ प्राचीन चिनियाँ चन्द्रदेवीको सम्मानमा राखिएको हो । त्यसलाई लङ मार्च फाइच नामक रकेटबाट प्रक्षेपण गरिनेछ । उक्त यानले चन्द्रमाको ‘ओशन अफ स्टोर्म्स’ भनिने अहिलेसम्म नपुगिएको स्थानबाट दुई किलोग्राम नमुना संकलनको प्रयास गर्ने बताइएको छ ।

सूर्यको विकिरणबाट जोगाउन आवश्यक चुम्बकीय क्षेत्र क्षीण हुँदा पनि चन्द्रमा कसरी ज्वालामुखीय रूपमा सक्रिय भयो भनेर बुझ्न चाङ ए फाइभले सघाउने अपेक्षा गरिएको छ ।

चीनले सन् १९७० को दशकयता पहिलोपटक चन्द्रमाबाट ढुंगाको नमुना ल्याउने प्रयास गर्न लागेको हो । पृथ्वीमा ल्याइने ढुंगाको नमुना चन्द्रमाको उत्पत्ति र विकासको अध्ययनका लागि उपयोगी हुने विश्वास गरिएको छ ।

यसअघि अमेरिका र तत्कालिन सोभियत संघ चन्द्रमाबाट ढुंगाको नमुना संकलन गर्न सफल भएका थिए । सन् १९७६ मा अन्तिमपटक सोभियत संघले पठाएको लुना २४ ले पृथ्वीमा त्यस्तो नमुना ल्याएको थियो । हालको योजना सफल भए पृथ्वीमा चन्द्रमाको ढुङ्गा ल्याउने चीन तेस्रो देश हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र