महिला बन्दीगृहमा यौनलीला

१२ भाद्र २०६९, मंगलवार १७:५३ मा प्रकाशित


काठमाडौं, १२ भदौ । केन्द्रीय कारागारस्थित महिला बन्दीगृहमा यौन दुव्र्यवहार भएको भनी त्यहांका कैदी बन्दी महिलाले चर्कोसंग आवाज उठाइरहेका छन् । तर, प्रहरी प्रशासनले सुनुवाइ नगर्दा समस्या झन् थपिएको पीडित महिलाले बताएका छन् ।
प्रसङ्ग जगन्नाथदेवलस्थित केन्द्रीय काराकारअन्तर्गतको महिला बन्दीगृहको हो । पतिहत्याको अभियोगमा सजाय भुक्तान गर्न थुनिएकी महिलासंग जेल सुरक्षामा खटिएका इन्स्पेक्टरले नै सार्वजनिक रुपमा यौन क्रियाकलाप गर्दा सुरक्षामा खटिएका महिला प्रहरी नै मुख लुकाएर हिंड्नुपर्ने अवस्थामा पुगेका छन् । कारागारमा डीएसपी बिदामा बसेका बसेको बेला निमित्त कारागार सुरक्षा प्रमुखको जिम्मेवारी बहन गरेका इन्स्पेक्टर रवि थपलियालले त्यस्तो क्रियाकलाप गरेका हुन् । पतिहत्याको अभियोगमा प्रहरीद्वारा पक्राउ गरी हाल सो कारागारमा रहेकी बन्दी रञ्जु ढकालसंग इन्स्पेक्टर थपलियाले सार्वजनिक स्थानमै चुम्बन गर्ने, शरीरका संवेदनशील अङ्गमा हात पु¥याउनेजस्ता क्रियाकलाप गर्दा ड्युटीमा खटिएका महिला प्रहरी समस्यामा पर्ने गरेका छन् । ती महिला प्रहरीले माथिल्लो युनिटमा इन्स्पेक्टरबारे उजुरी गर्दा जागिरमै समस्या पर्ला भनी केही भन्न सकेका छैनन् । तर, कारागारको आन्तरिक प्रशासनले भने पटक–पटक रञ्जुलाई त्यस्तो क्रियाकलाप नगर्न चेतावनी दिइसकेको कारागार स्रोतले जनाएको छ । तर, उनी भने प्रहरीका एआईजीहरुलाई आफ्ना ‘ब्वाइफ्रेन्ड’ भन्दै बन्दी महिलालाई धम्क्याउने गर्छिन् । प्रहरी महिलाहरुले उनीमाथि कडाइ गर्न खोज्दा हाकिमको नामै लिएर तिनीहरुसंग भएको यौन–व्यवहारका कुरा (बनावटी पनि हुन सक्छन्) सुनाउने गर्छिन् ।
स्रोतका अनुसार, इन्स्पेक्टरले रञ्जुसंग देखाउने व्यवहार काुननतः पनि वर्जित छ । मुलुकी ऐनको १९ नम्बर महल (अदल)को दफा ५ अनुसार, ‘कैद वा थुनामा रहेकी कुनै महिलालाई सरकारी कर्मचारीले करणी गरेमा वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराएमा…एक वर्षदेखि तीन वर्षसम्म कैद हुनेछ ।’ महिला बन्दीगृहमा भइरहेको यस्तो यौन व्यवहार नरोकिएमा बन्दी महिलाहरु राष्ट्रिय मानवअधिकार आयोगलाई गुहार्ने सोचमा पुगेका छन् । उनीहरुले त्यसरी राज्यलाई गुहार्नुपरेमा मुलुकी ऐनअनुसार इन्स्पेक्टरमात्र नभई उनको चर्तिकला हेर्न नसकेर दायांबायां साइड लाग्ने महिला प्रहरी पनि कारबाहीको भागीदार हुनसक्ने स्थिति छ । एकजना महिला बन्दी भन्छिन्, ‘महिला प्रहरीले हामीलाई गर्ने व्यवहार राम्रो छ, तर उनीहरु इन्स्पेक्टरको चर्तिकलालाई टुलुटुलु हेरेर बस्छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको