पोखरामा आमहडताल, दुई दिन बिमानस्थल पनि ठप्प पारिने

१२ भाद्र २०६९, मंगलवार १६:१० मा प्रकाशित


काठमाडौं, १२ भदौ । विमानस्थल निर्माणको लागि जारी आन्दोनलको सुनवाई नभएको भन्दै पोखरा क्षत्रिय अन्तराष्टिय बिमानस्थल सरोकार समितिले पोखरा उपत्यकामा आमहड्तालसहित विमानस्थल बन्दको घोषणा गरेको छ । एक सातादेखि रिले अनसन जारी राखेको निर्माण सरोकार समितिले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै दुई दिनसम्म सबै हवाई उडान ठप्प पार्ने गरी सरकारलाई छिटो निर्णयका लागि दवाव दिन भदौ १५ र १६ गते पोखरामा आमहड्ताल आह्वान गरेको हो। समितिले जनाएअनुसार आमहड्तालको क्रममा दुवै दिन पोखरा विमानस्थलका साथै सम्पूर्ण हवाई उडान थप्प पारिने छ । आमहड्तालको क्रममा प्रेस, एम्बुलेन्स, दूध र पानी बोक्ने गाडी, दमकल, शव बाहन, सुरक्षा निकाय तथा कुटनीतिक नियोगका सवारीसाधन भने निर्वाध चल्न पाउने सरोकार समितिका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिए।
समितिले थप सशक्त आन्दोलनका कार्यक्रम गर्नुका साथै सरकारसँग वार्ता र सम्वादको ढोका भने खुल्ला राखेको जनाएको छ।
सरोकार समितिको मंगलबार बसेको बैठकले आफ्नो एक सूत्रीय मागको सुनवाई नगरिएको, पर्यटन मन्त्रालयले अनसनमा बसेका व्यक्तिरसमूहरसंस्थासँग काठमाडौंमा वार्ता गर्ने भनी जारी गरेको विज्ञप्तीले आन्दोलनको भावनालाई कदर नगरेको र निर्णय गर्न ढिलाई गर्ने मनशायले प्रेरित भएको ठहर गर्दै कडा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
आन्दोलनअन्तर्गत भदौ १३ गते बुधबार घरेलु औजारसहित आमपोखरेलीद्वारा सांकेतिक रुपमा विमानस्थलको निर्माण कार्य सुरु गर्ने भएको छ। यस्तै निजी विद्यालयमा कक्षा ७ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई विमानस्थल निर्माणस्थल चिनाउने र मानवसाङ्लो प्रदर्शन गरिने सरोकार समितिद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। यति गर्दा पनि मागको सुनवाई नभए भदौ १६ गते अझ कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन