‘सम्बन्धहरू’ले खोलेका रहस्यमय जीवनजगत

६ मंसिर २०७७, शनिबार ०८:१६ मा प्रकाशित

खुमलटारको रातोघरमा बस्नुहुन्थ्यो किसुनजी । शिवराम प्रसाईंको घर थियो त्यो । त्यही घरबाट फर्कंदा महिन्द्रा जीपमा कोचिएर डिल्लिबजारसम्म आउँदा पहिलो सहयात्रा भएको हो विजय कुमारसँग । खुमलटारदेखि डिल्लीबजारसम्म आइपुग्दा करिब पच्चिस मिनट जति लाग्यो होला । पच्चिस मिनटमा चौबिस मिनट विजयकै गन्थन सुनियो । डिल्लिबजार कालीकास्थान मन्दिर अगाडि ओर्लिएर लामो सास फेरें । जीपको कोचाकोच र उकुसमुकुसबाट मुक्त भएपछि विजयका कुरा र किसुनजीसँग खुमलटार बसाईको स्मरण गर्दै गन्तव्यमा पुगियो ।

विजयकुमार पाण्डे त्यतिखेर कहलिएका टेलिभीजन एंकर । उनको एकल प्रस्तुतिको प्रतिस्पर्धा नै थिएन । न त टेलिभिजनकै प्रतिस्पर्धा थियो । नेपाल टेलिभिजन त्यसभित्र देखिने विजय कुमारकै हाइहाइ थियो त्यतिखेर । टेलिभिजन पर्दाको एक्लो सेलिब्रेटी ताजको तेज थियो । प्रस्तुतिमा दमदार सैलिकै कारण आज पनि त्यो पर्दाको विजयकुमार दर्शकको आँखाबाट ओझेल भएको छैन । तर विजयकुमार आफैं भने विगतको त्यो वाइवाइलाई समयको बर्बादी ठानिरहेका छन् किन रु

खुशी पढेर आदाआदीमै थन्काएको पुस्तक मदनपुरस्कारको चर्चासँग जोडिएपछि बिट मारेको ताजै छ मानसपटलमा । पुस्तक सक्दा पनि मेरो मष्तिस्कमा बसेको विजय कुमारको छाप हटेको थिएन । उनको दोस्रो पुस्तक बजारमा आयो ‘सम्बन्धहरू’को नाममा । मित्र सुनिल पोखरेलले फोन गरेरै सोध्नुभो ‘विजयको ऐले निस्केको किताब पढ्नुभो रु’ छैन त पढेको मेरो जवाफ निस्किदा ननिस्कदै सुनिलजीले रिकमेन्ट गर्नुभो ‘पढ्नोस् है ठिक किताब छ ।’ तु कार्यालयबाट निस्के र पुस्तक किने पचहत्तर रूपैयाँ डिस्काउन्टसहित । मेरो पुस्तक पढ्ने अधैर्यता यो पुस्तकले तोड्यो । जोडजाड गर्दा छ घण्टामा पुस्तक तुर्याएँ । साँच्चै पुस्तक पढेपछि विजय कुमारको जीवन, सोच र परिवर्तनको बाटो सही लाग्यो

विजय कुमार मेरो नजरमा घमण्डी, पाखण्डी, कसैले तपाईं भनोस् नभनोस आफैं मपाइ हुनुपर्ने अव्यवहारिक लाग्थ्यो । अझ स्पष्टसँग भनौं विजयका भाइ अभय मेरा अनन्य मित्र । अभयको व्यवहार, बोलीचाली, स्वागतसत्कार देख्दा लाग्थ्यो अभय साँच्चै विजय कुमारकै भाइ हो त रु दाइ त्यस्तो छ भाइ यस्तो भन्ने मेरो लामो कौतुहलता ‘सम्बन्धहरू’ ले चकनाचुर पारिदियो । आखिर पारिवारिक जिन र संस्कार कतै न कतै झुण्डिएकै हुँदो रहेछ । हो अभयको जस्तो सालिनता विजयमा देखिन मैले सायद अवसर नपाएर पनि होला । विजयको दोस्रो पुस्तक पढिसक्दा र पुस्तकमा प्रस्तुत कतिपय प्रसंगले अझै पनि त्यो घमण्डी विजय कुमारको झल्को हराइसकेको चैं छैन है । भुत्रैसित्ती, भुत्रो जस्ता शब्दहरू अनावश्यक प्रयोग गरेको र मैले जे बोलेपनि जे लेखेपनि बालै फरर तिमिहरूले पढ्नैपर्छ भन्ने विजयको अहम पोखिएको हो कि जस्तो लाग्यो मलाई । छोराछोरीको प्रेरणा नै पुस्तक प्रकाशनको कारक हो भन्ने कुरा त विजय स्वयंले स्वीकारेका छन् ।

योगिनी र विजयको प्रसंग होस् वा आकास र विजय अनि सुम्निमा र नतालियाको प्रस्तुतिले मन लहलह मात्रै होइन भावुक पनि बनाउँछ । विजय भित्र गुम्सेको जीवन र जगत रिम्पोचेकै कारण सतहमा आयो कि अन्य गुह्य रहस्य लुकेको छ रु अझै खुल्न बाँकी छन् पाटाहरू झैं लाग्छ मलाई । लंगडाउँदै यात्रा गर्नुको पनि त रहस्य होला नि १ विजय कुमार पाण्डेलाई विजय कुमार भनेर यत्रतत्र सर्वत्र परिचित गराउने पत्रकारिता विधाप्रतिको वितृष्णा र जुन माध्यमले चिनाएको थियो विजयलाई, त्यो मात्र ‘बकबक’ र समयको बर्बादी थियो भन्नू विजयको कुन वौधिकता भित्रको ज्ञान हो मैले ठम्याउनै सकिनँ । सामाजिक सञ्जालप्रतिको वितृष्णाले समग्र व्यवसायकै उछित्तो काड्नु ठीक हो कि होइन त्यो पनि मेरो अल्पज्ञानले ठम्याउन सकेन । असल मान्छेको संगतले परिणाम पनि अब्बल निस्कन्छ भन्ने तत्वज्ञान चैं मैले पनि विजय र योगिनीबीचको अन्तरसंवादबाट ग्रहण गरें ।

जीवन र जगतको धरातलमा उभिएर परिवार शुखको अनुभव गर्नु, सत्य र मिथ्याको धरातल बोध हुनु साँच्चै विजय कुमारको जीवन सार्थक भएछ भन्ने लाग्यो । पात्र र प्रस्तुतिको शैलीकै कारण होला पुस्तक सकेर मात्रै धितमरेको महसुस भयो मलाई । छोरा शारांस विदेशबाट फर्कंदा उपहार खोजेको र छोरी साराले एक लाख भारूको जागीर छोडेर आफ्नो रूची प्रकट गरेको हरफले मेरो आँखा रसायो । छोराछोरीको रुची र बाउआमाको बुझाइको अब्बल उदाहरण दिएका छन् विजय कुमारले । जीवनको नियति र निर्णयको मिश्रण हो सम्बन्धहरू भने जस्तो पनि लाग्छ किताब पढ्दा । चाकरी र प्रशंसाको नियत र प्रतिफल खुल्ला हृदयबाट गर्न सक्नुपर्छ भन्ने विजय र योगीनिबीचको संवादले यथार्थ चित्रणको सन्देश दिएको छ । म पुस्तक समीक्षक हुँदै होइन, यो त पुस्तक र विजय कुमारप्रतिको स्नेहभाव व्यक्त गरेको मात्रै हो ।

अभयसँगको आत्मिय सम्बन्धकै कारण विजय कुमारको पुस्तकमाथि लेखिएको टिप्पणी होइन यो । विजय कुमारको टेलिभिजन कर्म मनपराउने र उनको स्थापित शैलीको प्रशंसक भएकै कारण उनको पुस्तक चर्चाको पात्र बनेको हुँ । विजय कुमारलाई किसुनजीले औधी मन पराउनुहुन्थ्यो । किसुनजीको विश्वास पात्र बन्ने सौभाग्य प्राप्त गर्नु भनेको चानचुने कुरो थिएन । उमेर, संगत, हौसला र आम्दानी सँगसँगै फक्रिने हो अहंकारको फुल । प्रतिष्ठित नेतासँगको उठबस, विदेशीदाताको दान र मिडियाको रंगमञ्चले उनमत्त त्यतिखेरका विजयसँग बोल्नु भनेको अवसर थियो । विनोद चौधरीको खुला चेम्बर, सिंहदरवारमा संचारक्रिडा अनि दरवारको छत्रछायाँ बोलिसक्नुका थिएनन् विजय ।

शक्तिशालीहरूका पनि प्राथमिकतामा परेका विजय कति शक्तिशाली थिए होलान् रु त्यही विजय कुमार ‘सम्बन्धहरू’को लेखक भएर प्रस्तुत भएका छन् मैले मलाई नै विश्वस्त पार्न सकिरहेको छैन । पुस्तक पढेपछि लाग्छ मान्छे त आखिर के नै रहेछ र रु त्यो विजय कुमार र यो विजय कुमार अनि अन्तरआत्माको बोली १ विद्या, बुद्धि र विवेकको मिश्रण १ स्वचेतनाको प्रस्फुटन १ चिता र चिन्तामुक्त १ आत्मिय सन्तुलन १ छरिएका हाडखोरको सिङ्गो अस्थिपंजर १ पुनर्जन्मको भाग्य १ वर्तमानको ढोंगी १ र प्रेमिलयात्री १ हो आफैंले आफुलाई चिने पुग्छ, आफ्नै चिनारी बिर्सिएको विजयले प्राप्त गरेको सफलताका सहयात्री पात्रहरूप्रति नमन । पढ्नै पर्छ ‘सम्बन्धहरू’ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने