कविता महोत्सव मङ्सिर २९ मा

प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र
६ मंसिर २०७७, शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो । ‘

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताउनुभयो । प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ । यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो ।

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई रु ५० हजार, द्धितीयलाई रु ४० हजार र तृतीय तीन जनालाई जनही रु ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका